Play

नेपालद्वारा युएई विरुद्ध तीन विकेटको जीत

गुरुकुल खबर


पोखरा, नेपालले युएई ए विरूद्ध तीन विकेटको जित हासिल गरेको छ । कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यो जीत निकालेको हो । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले गरेको यो सान्त्वना जीत हो । प्रतिस्पर्धाको क्रममा नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गर्दै बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन जोडे ।

श्रीलंकामा जारी खेलमा नेपालले ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन जम्मा गरे ।

नेपालको लागि लागि रोहित पौडेलले ९ रन रन बनाए । त्यस्तै पवन सरार्फले नकआउट शून्य रनमा आउट भए । कुशल मल्लले अभिजित २ रन बनाए । त्यस्तै प्रतिश जिसिले ८ रन बनाए । ओपनर अर्जुन साउद शून्य रनमा आउट भए । यस्तै बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनलिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए ।

नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए । स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए । कुशल मल्ल र पवन सरार्फले एकएक विकेट हात पारे ।

३ श्रावण २०८०, बुधबार १६:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा