Play

नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको निधन

गुरुकुल खबर


नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको हिजो साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उहाँकी छोरी इन्दिरा प्रसाईले मुखाग्नि (दागबत्ती) दिएकी थिइन् ।

दुर्गादेवी नेपालको आत्मकथा ‘बगेको खोला’ र कवितासङ्ग्रह ‘उनैको माया’ प्रकाशित कृति हुन् । ‘बगेको खोला’ उहाँले २०६४ सालमा अमेरिका बसाइक्रममा लेख्नु भएको थियो । सोही ग्रन्थले ‘गोधूलि पुरस्कार’ प्राप्त गरेको थियो । ‘सुकेको खोला’ लेख्नेक्रममा विगत दुई वर्षदेखि उहाँ दृष्टिविहीन हुनुभएको थियो ।

नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उहाँका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो । एक लाख रूपियाँ राशिको नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपालबाहिरका नेपाली भाषासाहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।

१४ असार २०८०, बिहीबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा