Play

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस सम्बद्ध ईन्जिनियरको संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशले इन्जिनियरींगको पढाई सकेका तर नेपाल ईन्जिनियरिंग काउन्सिलबाट ईन्जिनियरको लाईसेन्स प्राप्त नगरेकाहरुको लागि विभिन्न विधामा लाईसेन्स ओरियन्टेशन कार्यक्रम गर्ने भएको छ ।

यहि जेष्ठ २७ गते हुन लागेको लाइसेन्स ओरिएन्टेशन कार्यक्रमबाट लाइसेन्स प्राप्त नगरेका गण्डकी प्रदेशका करिब तिन सय इन्जिनियर लाभान्वित हुने बुझिएको छ ।

लाईसेन्स परिक्षालाई सहयोग हुने मात्र नभएर ईन्जिनियरिङ पेशा अपनाउनेहरुको दक्षता अभिवृद्धिमा त्यस किसिमको कार्यक्रमले सहयोग पुग्ने सिडेन गण्डकीका सचिब बिशाल थापाले जानकारी दिएका छन ।

कार्यक्रमका लागि सहभागी हुन आवश्यक समन्वय गर्ने जिम्मेवारी सस्थाका सहसचिव निरोज लामिछानेले लिएको बताईन्छ ।

२० जेष्ठ २०८०, शनिबार २२:०१ मा प्रकाशित
Nabintech