Play

गण्डकी प्रदेश सरकार गठनकालागि आह्वान

गुरुकुल खबर


पोखरा, १२ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि ३ दिनको म्याद दिएको हो ।

वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् ।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

१२ बैशाख २०८०, मंगलवार १५:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा