Play

फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार

गुरुकुल खबर


पोखरा , पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताए / उनका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ ।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको बताए । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु उद्धारमा लागेका थिए ।

 

२० फाल्गुन २०७९, शनिबार १७:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा