Play

शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने हो कि भन्ने सोच्दैछौं – महामन्त्री शर्मा

गुरुकुल खबर


काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले काँग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । महामन्न्त्री शर्माले अघि भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’

नेताहरूका अनुसार केही दिनअघि नेताहरूसँग भएको छलफलमा पनि शर्माले सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए । तर देउवाले भने कहाँ हुन्छ त्यस्तो भन्दै तत्काल अस्वीकार गरेको नेताहरू बताउँछन् ।

महामत्री शर्माले भने राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।

यसैगरी त्यो बेला पसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने संसदीय दलको नेता बनाएर जान सकिने उनले बताएका छन् ।

७ फाल्गुन २०७९, आईतवार २१:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा