Play

पोउबासंघको अध्यक्षको दौडमा रहेका बुद्दाचार्यको भनाई ‘चुनाब जित्ने आधार र जितेपछि काम गर्ने अनुभव म संग छ’

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन नजिकिंदै जाँदा संघको अबको नेतृत्व लिने चाहना सहित अध्यक्ष पदमा  उमेदवारी दिएकाहरुले मतदातालाई आंफ्नो पक्षमा पार्नको लागि बिभिन्न प्रयासहरु जारी राखेका छन। मतदाता ब्यबसायीहरुसंगको भेटघाटका अतिरिक्त बिभिन्न बस्तुगत संघ सम्बद्ध ब्यबसायीहरु, संघका पुर्ब अध्यक्षहरु, अध्यक्ष पदमा उमेदवारी दिएका ४ जनाले नै यतिबेला बिभिन्न ब्यबसायिक संघसंस्था र राजनीतिक दलका स्थानीय नेताहरु र संचारकर्मीहरुसंगको भेटघाट समेत बाक्लो बनाउंदै गएका छन। उमेदवारहरुले चुनाबको दिन नजिक आउन लागेपछि आंफ्नो नातागोता र साथीभाई तथा अन्य बिभिन्न किसिमको सम्बन्धको आधारमा मत माग्ने क्रमलाई तिब्र पारेका छन।

यसैक्रममा संघका अध्यक्षका उमेदवार उत्तममान बुद्दाचार्यले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आंफ्नो प्रतिबद्दता पत्र सार्बजनिक गर्नुको साथै आंफुले चुनाब जित्ने बिभिन्न आधार र दाबी समेत प्रस्तुत गरे। हाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका बुद्दाचार्यले आँफु बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरेपछि अध्यक्ष पदमा उमेदवार बन्नु स्वाभाविक रहेको स्पष्ट पारे।

‘मैले पोउबासंघको कार्यसमिति सदस्य, बाणिज्य उपाध्यक्ष र यसपटक बरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेँ, तसर्थ आसन्न महाधिबेशनमा अध्यक्षमा मेरो उमेदवारी स्वाभाविक उमेदवारी हो।’ पत्रकार भेटघाटपछि गुरुकुल खबरसंग कुरा गर्दै बुद्दाचार्यले भने। उनले संघको आंफ्नो परम्परा, साथीभाईसंगको समन्वय र रोलक्रम समेतलाई ख्याल गरेर अध्यक्ष पदमा उमेदवारी दिएको कारण अन्य केहि उमेदवार र मतदाता ब्यबसायीहरुले समेत आंफ्नो निर्णयलाई सहजतापूर्वक लिएर समर्थन जनाएको आंफुले पाएको दाबी गरे।

बिभिन्न ब्यबसायिक संस्था र केहि सामाजिक संस्थामा काम गरिसकेका बुद्दाचार्यले पत्रकार भेटघाट कार्यक्रममा आंफ्नो ब्यापारसंग सम्बद्ध ब्यबसायिक संस्थाका प्रतिनिधिहरु समेत साथमा राखेका थिए। आँफु सम्बद्ध ब्यबसायिक संस्थाहरु मध्ये फ्लोरिंग फर्निसिंग एसोसिअसन पोखराको तर्फबाट अध्यक्ष थानेश्वर तिवारी, नेपाल अटोमेकानिकल ब्यबसायी महासंघको तर्फबाट बरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली र सुनचाँदी ब्यबसायी संघ कास्कीको तर्फबाट उपाध्यक्ष तारा गौतमलाई तथा सामाजिक संस्था लायन्स कलब अफ पोखरा लेकसिटीका पुर्व अध्यक्ष विश्वमोहन अधिकारीलाई उनले साथमा राखेका थिए।

उल्लिखित ३ वटै ब्यबसायिक संस्थाले पोउबासंघको अध्यक्षमा आँफुलाई नै समर्थन गर्ने निर्णय गरेको बुद्दाचार्यले दाबी गरेका छन। पत्रकार भेटघाट कार्यक्रम भनिएपनि उक्त कार्यक्रममा बुद्दाचार्यका समर्थक र शुभचिन्तक ब्यबसायीहरु र केहि राजनीतिक कार्यकर्ता र जनप्रतिनिधि समेत सहभागी थिए ।

बुद्दाचार्य पोखरामा लामो समयदेखि बिभिन्न किसिमको व्यवसायमा संलग्न छन चार दशक बढी समय ब्यापार व्यवसायमा लागेका बुद्दाचार्य एलिगेन्स ट्रेड सेन्टर, फोर नाईन ज्वेलरीज, पोखरा एफएम, सिल्भर फोर नाईन लगायतका व्यापारिक प्रतिष्ठानमा जोडिएका छन । अधिकांश समय ब्यापार व्यवसायमा नै खर्चब गर्दै आएका बुद्दाचार्यले अबका दिनमा आंफ्नो ब्यबसाय संचालनको जिम्मेवारी छोराहरुलाई सुम्पिएर अधिकांश समय पोउबासंघमा खर्च गर्ने बताउन थालेका छन।

लामो समय ब्यापार गर्ने क्रममा भोगेको अनुभवले पोखरा क्षेत्रका ब्यबसायीले भोग्नुपर्ने विभिन्न समस्याको निकास खोज्न सजिलो हुने उनको बिश्वास छ । संघको नेतृत्वमा पुगेपछि उधोगी ब्यबसायीका समस्या समाधान गर्नको लागि अग्रजको सुझाब र मार्ग निर्देशन अनि मेरो अनुभव उपयुक्त हुने उनले बताए। ‘संघमा मेरो अनुभव र जिम्मेवारीका कारण अध्यक्षको उमेदवारी स्वाभाविक रहेकोले मात्र नभएर लामो समय व्यापारिक प्रतिष्ठान चलाएको अनुभव र बिभिन्न संघसंस्थामा मेरो संलग्नता लगायत अन्य केहि कुराहरु नै मेरो चुनाब जित्ने आधार हुन भन्दा फरक पर्दैन।’ उनले बिश्वासका साथ गुरुकुल खबरसंग भने।

पत्रकार भेटघाट कार्यक्रममा उनले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको कारणबारेको प्रश्नको जवाफ दिंदै उनले चुनाबमा प्यानल बनाउने भन्दा चुनाब जितेपछि संस्थाको काम प्रभावकारी ढंगले पुरा गर्न प्यानल बनाउनुपर्ने आबश्यकता औंल्याए।

आँफु २०४१ सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्थामार्फत समेत काम गर्दै आएको उल्लेख गर्दै उनले लामो व्यावसायिक तथा संस्थागत अनुभवका आधारमा व्यवसायीले भोगिरहेका समस्या र तिनको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने संघको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘जितेर आएका साथीहरूसँग मिलेर काम गर्ने हो। जो जो साथीहरू आउनुहुन्छ, उहाँहरूलाई सँगै लिएर टिम बनाएर काम अगाडि बढाउने हो’ उनले भने ।

बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा दुई वर्ष आफूले जिम्मेवारी पूर्वक काम गरेका सुनाए । मैले मेरो आंफ्नो पदीय जिम्मेवारी अनुरुप सबै काम गरे तर कहिलेकाहीं संस्थाको नेतृत्वले विधान र संस्थागत प्रणालीलाई अबलम्बन नगर्दा केहि समस्या र मतभेद देखिन पुग्यो। व्यक्ति केन्द्रित भएर संस्था चलाउने हैन, बिधान अनुसार चलाउने हो र मैले चुनाब जितेपछि विधान अनुसार नै संस्था चलाउने छु।’ बुद्दाचार्यले भने।

बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए । उनले संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्नेमा समेत जोड दिए  । उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन, लगानी र स्थानीय उत्पादन प्रवर्द्धनसम्मका १७ बुँदा समेटिएका छन्।

प्रतिबद्धता पत्रमा व्यवसायीका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टिम, व्यवसायिक डेटा बैंक, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलगायतका विषय राखिएका छन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न लाेकल टु ग्लाेबल अभियान, पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढाउन बाइ पाेखरा अभियान सञ्चालन गर्ने योजना उनले अघि सारेका छन् ।

व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्‍याउन मिड इयर सेल, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ग्रेटर पाेखराको अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ। ‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाउँदै संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बुद्धाचार्यले प्रतिबद्धता जनाएका छन्।

१४ भाद्र २०८३, आईतवार १७:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा