Play

‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिता :डिजाइनर प्रेशा,सुष्मिता, जया र सृजनासमेत पुरष्कृत

गुरुकुल खबर


काठमाडौँ, आइआइएफटी फेसन डिजाइन कलेजद्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न चरण पार गर्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई विजेता घोषणा गरिएको थियो।

प्रतियोगिताले युवा तथा नवोदित फेसन डिजाइनरहरूलाई आफ्नो सिर्जनात्मक प्रतिभा, नवीन डिजाइन अवधारणा र व्यावसायिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा सहभागी डिजाइनरहरूले मौलिक तथा आधुनिक शैलीका पोशाक प्रस्तुत गरेका थिए।

प्रतियोगितामा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका १ सय ५५ विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वर्ल्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।

चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर छानिएर पुरस्कृत भएका छन् । जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रेशा थापाले र सोहि विधामा पब्लिक च्वाईस अवार्ड सुजाता खनालले जितिन् । यस्तै ‘अराउन्ड द वर्ल्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड पनि सुस्मिताले नै जितिन् ।

ड्रेस टु इम्प्रेसमा ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि जया थापा र पब्लिक च्वाइस अवार्ड अनुराधा बोहरा कार्कीले जितेकी छन भने अ पारालाल युनिभर्स सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरेकी छन ।

समारोहमा प्रत्येक विजेतालाई जनही २० हजार रुपैयाँ, हरेक पब्लिक च्वाईस विजेतालाई जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्रदान गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालय काठमाडौँमा ‘ड्रेस टु इम्प्रेसको १३ औँ संस्करणमा प्रस्तुत नयाँ डिजाइनका फेशन हेर्न फेशन प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । करिब तीन घण्टासम्म चलेको यो फेशन डिजाइन प्रस्तुतिमा आईआईएफटी बागबजार र आईआईएफटी कुमारीपाटीका विधार्थीहरुको फेशन कलाले दर्शकको मन जितेको थियो ।

समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता , मिस इको इन्टरनेसनल मिस सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको आतिथ्य फेशन प्रस्तुतिले कार्यक्रमको माहौल रोमान्चक बनेको थियो । चमक धमक सहितको आकर्षक लाइट, लयबद्ध संगीतका तालमा क्याटवाक गर्दै डिजाईनरहरुले आफ्ना डिजाइन आफैँ मोडल बनेर स्टेजमा प्रस्तुत गर्दा कार्यक्रमको आकर्षण बढेको थियो ।

आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ड्रेस टु इम्प्रेस लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए । समारोहमा विधार्थीहरुबिच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइनहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन रहेका थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रतियोगितामा फेसन क्षेत्रका विज्ञ, डिजाइनर तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले नेपालमा फेसन उद्योगको विकास र नयाँ प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस अवसरमा प्रतियोगिताका विजेताहरूलाई नगद,प्रमाणपत्र, ट्रफी तथा स्यास सम्मान प्रदान गरिएको थियो।

तस्बिर: बद्री थापा /एनएफपिजे

२८ असार २०८३, आईतवार ०९:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा