Play

विभिन्न स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपतिहरुको चयन, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गुरुङ

गुरुकुल खबर


पोखरा, सरकारले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सहित देशका बिभिन्न ६ वटा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एकैसाथ उपकुलापतिहरुको नियुक्ति गरेको छ। जसअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा उनलाई सो पदमा नियुक्त गरेका हुन् ।

सरकारले अन्य ५ वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ । जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्यले जिम्मेवारी पाएका छन् । उनी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । डा. आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत थिए । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान चयन भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कुलपतिमा नियुक्त गुरुङ लामो समयदेखि चिकित्सकको रुपमा कार्यरत छन उनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागमा कार्यरत थिए।

( आंफ्नो परिवारका सदस्यहरुसंग डा. गुरुङ )

यी पदहरूमा नियुक्तिका लागि सरकारले उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ निर्माण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो। सोही कार्यविधि अनुसार समितिले उपकुलपति पदका लागि आवेदन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो ।

छनोट प्रक्रियामा देशभरबाट ११३ जनाले आवेदन दिएका थिए । आवेदन दिएका उम्मेदवारहरूमध्येबाट प्राप्त दरखास्तहरूको मूल्यांकन गरियो । त्यसपछि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । सोही सूचीमा परेका व्यक्तिहरूमध्येबाट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले यो नियुक्ति गरेको बताइएको छ ।

२६ असार २०८३, शुक्रबार ०६:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा