पोखरा, पोखरा महानगरपालिका -५ प्रस्यांगको पश्चिम उत्तरमा पर्ने लभली डाँडा क्षेत्रमा बिहानको समयमा मर्नीङवाकमा जानेहरुले करिब दश बोरा फोहोर संकलन गरेका छन् । लभली डाँडामा बिदाको समय अनि बिहान र बेलुकापख घुम्न र रमाइलो गर्न जानेहरुले चाउचाउ, चिप्स, कुरकुरे,पानी, बियर र रक्सीका खाली बोत्तलहरु जथाभावी फाल्ने गरेकोले डांडामा यत्रतत्र फोहरमैला बढेको देखेपछी मार्निंगवाकमा आउने टोलीले सफाइ गरेको स्थानीय प्रकाश अर्यालले बताए
योग प्रशिक्षक गंगाराज सुवेदी र मोती भुजेलको संयुक्त पहलमा फोहोरमैला संकलन गरिएको बताइएको छ । मर्नीङ्वाकमा जाँदा फोहोरमैला बढ्दै गएपछि नियमित रुपमा जानेहरुलाई एक दिन अगाडी मौखिक सुचना गरेर फोहोरमैला संकलन गरिएको ब्यबसायी समेत रहेका मर्निंगवाक गर्ने मध्येका मोती भुजेलले गुरुकुल खबरलाई जानकारी दिए । पोखरा वडा नं ५ र १८ को सिमानामा पर्ने लभली डाँडामा बिहान ४ बजे देखि नै मर्नीङ्वाक जानेहरुको लर्को भेटिन्छ ।
यमुना सुवेदी, ऋगवानी सुवेदी, रियान सुवेदी, हिरा आचार्य, माधव प्रसाद अधिकारी, नारायण गुरुङ, गोविन्द के.सी., बिष्णु बरुवाल, घनश्याम अधिकारी, सुर्य बहादुर बरुवाल, विजया अधिकारी, जमुना पराजुली, मन्जु भुजेल, गीता पोखरेल, कोपीला खत्री, भुमा खड्का, सीता भुर्त्याल, लक्ष्मी अधिकारी, प्रिया पुन, लक्ष्मी पुन, विक्रम सेन्चुरी, यूकेश पुर्जा, आनन्दप्रसाद साह, शोभा सुवेदी, श्रीकान्त शर्मा र महेन्द्र सुवेदी लगाएत फोहोरमैला संकलनमा सहभागी भएको भुजेलले बताए ।
सुगर प्रेसरको औषधी खाएर सुत्नुभन्दा आफ्नो शरीरको तौल र स्वास्थ्यस्थिति हेरेर मर्नीङ्वाक गर्नु उत्तम हुने भन्दै मार्निंगवाक गर्ने प्रचलन पछिल्लो समय पोखरामा पनि बढेको छ । लभली डाँडामा पुगेपछि पोखरा बजार सहित अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य राम्रो देखिने भएकोले पनि त्यहा पुगेर हल्का व्यायाम सँगै योगा गर्नेको संख्या दिनप्रतिदीन बढ्दै गएको योग प्रशिक्षक गंगाराज सुवेदीले जानकारी दिए ।














