Play

ओली पक्राउपछि प्रदर्शन जारी: प्रहरीले बल प्रयोग गर्दा केहि घाइते, सात पक्राउ, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबमपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आज शनिबार देशका बिभिन्न स्थानमा नेकपा एमालेका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको र एक जना घाइते भएको बताइएको छ।

एमालेका कार्यकर्ता तथा प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर सवारी आवागमन अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले बताए ।  प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारीको टाउकोमा चोट लागेको भए पनि उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ  ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले  केहि सेल अश्रुग्याँस प्रहार गरेको थियो । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

विराटनगरको महेन्द्र चोकमा भेला भएर एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको र पार्टीको केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सरकारका गृहमन्त्री विरुद्ध नाराबाजी गरेका बताइएको छ ।

१४ चैत्र २०८२, शनिबार १८:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा