काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका रोबिन शेरचन र रबिन बज्राचार्यले उमेदवारी फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको बताइएको छ । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नतिजा एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।
एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको कारण मतदान भने नहुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना गरिएको र सोहि समारोहमा कार्यसमिति घोषणा गरिने सम्भावना रहेको बुझिएको छ । शनिबारदेखि सुरु भएको एनआरएनए १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट डा. हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत चयन भएको कार्यसमितिमा निम्न पदाधिकारी र सदय्हरु रहेको बताइएपनि निर्बाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।
अध्यक्ष :
• डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्ष :
• रोविन शेरचन
उपाध्यक्षहरु :
• खगेन्द्र न्यौपाने
• रामशरण सिम्खडा
• प्रबिन गुरुङ
• रोजिना प्रधान राई
• जुनु गुरुङ
• महेन्द्र ओली
• रोशन थापा
• दिनेश पोखरेल
• मनोज कुमार श्रेष्ठ
• रविन बज्राचार्य
महिला उपाध्यक्ष :
• राधिका गुरुङ (टीका)
युवा उपाध्यक्ष :
• भिमसेन थापा
महासचिव :
• गंगाधर गौतम
• डा. चिरञ्जीवी खड्का
उपमहासचिव :
• टंक प्रसाद गैरे
• दिनेश कुमार घिमिरे
• डा. ज्ञानेन्द्र रेग्मी
• पारसमणि पोखरेल
सचिव :
• राजेन्द्र अर्याल
• सुजन अधिकारी
• अभिमन्यु बस्नेत
• अनुजा प्रधान
• बेदराज बस्नेत
• माधव दुलाल
• सुपेन्द्र घिसिङ
महिला सचिव :
• अमृता थापा (कञ्चन)
कोषाध्यक्ष :
• कृष्णप्रसाद तिमल्सिना
सह–कोषाध्यक्ष :
• अब्दुल बासिद
• मोहम्मद मुक्तदा मुसलमान
महिला सह–कोषाध्यक्ष :
• गंगा खतिवडा
युवा संयोजक :
• नवीन निउरे
क्षेत्रीय संयोजक :
• रमेश श्रेष्ठ (मध्यपूर्व)
• दिपक कँडेल (एशिया–प्यासिफिक)
• रोबोट लिम्बु (युरोप)
२ चैत्र २०८२, सोमबार १५:१२ मा प्रकाशित