पोखरा, बिहीबार (हिजो) सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक परिणाम आउने क्रम जारी रहेको छ । देशका विभिन्न स्थानमा मतपेटिका संकलन ढिला भएका कारण अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।
मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम सार्वजनिक भैरहेको कास्की जिल्ला लगायत काठमाडौँ उपत्यकाका बिभिन्न निर्बाचन क्षेत्र सहित अन्यमा पनि रास्वपाका उमेदवारहरुले अग्रता लिइरहेका छन् ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान करिब ४ बजेसम्म देशका १६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ३१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् । नेपाली काँग्रेसले ३ स्थानमा र नेकपा एमालेले २ स्थानमा अग्रता कायम गरेका छन ।
कास्की क्षेत्र नं १ मा बिहान ६:४८ बजेसम्ममा गणेश पौडेल (घण्टी) १८७८, तिलक रानाभाट (रुख ) ११३४, वैन वहादुर क्षेत्री (सुर्य) ८३९, राजकाजी गुरुड ( तारा) ९२ प्राप्त भएको छ। हालसम्म रुपा १, रुपा २, रुपा ३ र रुपा ५ को गणना सम्पन्न रुपा ४ गणना हुदैछ।
कास्कीको निर्बाचन क्षेत्र न. २ अन्तर्गत एमालेका उमेदवार रश्मि आचार्यको वडा पोखरा -३३ मा पनि रास्वपाको मत निकै बढेको छ बिहान ४ बजेसम्मको मतगणनाको परिणाम अनुसार जम्मा गणना भएको मत २४५७ मा सदर मत २३३५, बदर मत ११४, घण्टी १११७, रूख ३२२, सूर्य ७३३, तारा ९४, हलो ३६, गुलाब ४, घर ३, त्रिभुज २, हेल्मेट १, आँखा ६, ट्रफि ५ र बत्तीमा ९ मत परेको छ।
कास्की क्षेत्र नम्बर ३ अन्तर्गत बिहान ४:२० सम्मको परिणाम अनुसार माछापुच्छ्रे–१ र अन्नपूर्ण–१ मा खसेको जम्मा २५१९ मत मध्ये घण्टीमा १३२३, रूखमा ५६१, सूर्यमा ३३९, तारामा ८५ र हलोमा ४४ मत परेको छ ।
प्रारम्भिक मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन् । त्यस्तै काठमाडौँका क्षेत्र नम्बर १, ४, ५, ७, ८ र १० मा रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा पनि रास्वपाले उल्लेख्य मतान्तरसहित अग्रता लिएको छ । यस्तै कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेको प्रारम्भिक परिणामले देखाएको छ ।
नेकपा एमालेका उम्मेदवारहरूले बाँके–२ र भक्तपुर–२ मा अग्रता कायम गरेका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अहिलेसम्म एक ठाउँमा पनि अग्रता बनाउन सकेका छैनन् ।
अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।












