Play

कस्केली अधिकृत समाजको अधिवेशनबाट नयाँ समिति: अध्यक्षमा चन्द्रबहादुर

गुरुकुल खबर


पोखरा, कस्केली अधिकृत समाजको शनिबार पोखरामा सम्पन्न ११ औं साधारणसभा तथा आठौं अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले चन्द्रबहादुर सुवेदी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको जनाइएको छ । नवनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा रहेका छन ।

नयाँ कार्यसमितिका सदस्यहरूमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुुली, बसन्त चालिसे, चन्द्रवती अधिकारी(वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कंडेल रहेका छन । अधिवेशन सम्पन्न गर्न दुुर्गाबहादुर शाह‘बाबा’को संयोजक एबम प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, देवेन्द्र केसी र विश्वनाथ पराजुली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अगाडी अधिबेशन तथा साधारण सभाको उद्घाटन प्रदेश लोकसेवा आयोग गण्डकीका अध्यक्ष विष्णुुप्रसाद नेपालले गरेका थिए । त्यस अबसरमा बोल्दै अध्यक्ष नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभै समग्र गण्डकी प्रदेशलाई समाजले नेतृत्व गर्नुुपर्ने आवश्यकता औंल्याए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरतबहादुर खत्रीले मानव जीवनमा निरन्तरको कृयाशिलता आवश्यक हुनेमा जोड दिंदै समाजमा नैतिकता हराउँदै गएकोले नैतिक शिक्षा अपरिहार्य रहेको बताए ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामति सेवासँगै सरकारका सार्वजनिक संस्थान, समिति आदिको प्रतिनिधित्व भएको अधिकृत समाज आँफैंमा बुहुआयामिक रहेको धारणा राखे ।

कस्केली अधिकृत समाजका अध्यक्ष सुवेदी, सचिव महेश पौडेल, उपाध्यक्ष लोकनाथ दवाडीका साथै कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी च्याप्टरका महासचिव असफल गौतम, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यप्रसाद बराल लगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान गर्न सकिने बताए ।

कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसी, सदस्य बसन्त चालिसेले कविता वाचन गरेका थिए । सोहि अवसरमा समाजद्वारा प्रकाशित पुस्तक ‘अधिकृत आवाज अङ्क ११’ को लोकर्पण गरिएको थियो । पुस्तकका सम्बन्धमा प्रा.डा. राजेन्द्र चापगाइँ(आहात)ले समालोचना गरेका थिए ।

उक्त अवसरमा समाजका संस्थापक एबम तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देललाई सम्मान गरिएको थियो भने कार्यसमितिको उत्कृष्ट पदाधिकारी मध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुुर्गाबहादुर शाह(बाबा)ले पद तथा गोपनीयता सपथ गराएका थिए ।

१० माघ २०८२, शनिबार २२:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा