Play

घान्द्रुक पर्यटन महोत्सवको लागि आयोजित च्यारिटी डिनरबाट नौ लाख बढी संकलन

गुरुकुल खबर


पोखरा, अन्तराष्ट्रियस्तरमा नै पर्यटकीय गाउँको रुपमा चिनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सबको लागि पोखरामा आयोजना गरिएको च्यारिटी डीनरबाट ९ लाख रुपैया भन्दा बढी संकलन भएको छ।  घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो ।

रोधी क्लब घान्द्रुकका उपाध्यक्ष अमृत गुरुङका अनुसार च्यारिटी डिनर कार्यक्रमबाट ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको बताए ।

रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले च्यारिटी डिनर कार्यक्रमले अर्थ संकलन मात्र नभएर विभिन्न स्थानबाट आएका आफन्तजनसंग छलफल तथा भलाकुुसारी गर्ने अवसर समेत प्राप्त भएको बताए ।

‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पोखरामा हामीले रोधी क्लब र घान्द्रुक पर्यटन व्यवस्थापन समितिले संयुक्त रुपमा घान्द्रुक पर्यटन महोत्सव गर्दै आएको छन।  घान्द्रुक पर्यटन महोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, रस्साकस्सी र छेलो प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष गुरुङले बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा एकैदिन २ हजार ५ सय बढी पर्यटक राख्नसक्ने क्षमताका ६० वटा होटल र ३० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

२५ पुष २०८२, शुक्रबार १०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा