Play

जेनजी प्रदर्शनमा गरिएको सरकारी दमनको बिरोध, सामुहिक प्रतिरोधको चेतावनी पछि पक्राउ परेका सबै मुक्त

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको माइतीघर मण्डलामा सोमबार आयोजित संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले गरेको दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति प्रकट गरेको छ ।  मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गरेको प्रदर्शनमा सरकारले गरेको दमनका कारण केही आन्दोलनकारी घाइते भएका र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिईएको थियो।

सरकारले पक्राउ गरेकाहरुलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावानीपछि पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न सरकार बाध्य भएको उनीहरुको भनाई छ। संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी  प्रेस विज्ञप्तिमा भनिएको छ,’ शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर दमन गरेको र दमन जारी राखेमा सामुहिक गिरफ्तारी दिने भन्ने दबाबपछि उनीहरुलाई तत्काल रिहा गर्न सरकार बाध्य भएको घटनाले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’

वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरूसँग संवादको ढोका खुला राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने संयुक्त जेनजी आन्दोलनका संयोजक ढुंगानाले बताए ।

यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ । संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ । ‘जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ,’विज्ञप्तिमा भनिएको छ ।

७ पुष २०८२, सोमबार २१:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा