Play

बामपन्थी कानुन व्यवसायीको गण्डकी प्रदेश अधिबेशन, अध्यक्षमा कमल अर्याल

गुरुकुल खबर


पोखरा,  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) गण्डकी प्रदेशको दोस्रो सम्मेलन तथा अधिवेशन भएको छ । बामपन्थी विचार बोक्ने कानुन व्यवसायीको उक्त अधिवेशनले  कमलप्रसाद अर्याल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा राजुप्रसाद गौतम, खुला सचिव विष्णुभक्त सिग्देल र कोषाध्यक्षमा दधिराम पौडेल चयन भएका छन् ।

नयाँ कार्यसमिति सदस्यमा टंकप्रसाद न्यौपाने, हरिकृष्ण सुवेदी, पुण्यप्रसाद सुवेदी, प्रेमबहादुर कार्की, मदनप्रसाद तिवारी, राधा उपाध्याय, हरिश्चन्द्र अर्याल, सुरेश दुरा, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, चित्रबहादुर सुनार र संगीता काफ्ले छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष अमर थापा, महासचिव भुवनप्रसाद निरौला, केन्द्रीय सचिव अनिता गुरुङ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद घिमिरे, संगठनका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदी नेपाल बार एसोसियसनका उपाध्यक्ष भूपेन्द्र खनाल, संगठनका गण्डकी प्रदेश कमिटीका सहसंयोजक सोमबहादुर श्रेष्ठ, लगायतले संगठनको गतिविधिबारे प्रकाश पारेका थिए ।

सम्मेलनमा गण्डकी प्रदेशका ९ जिल्लाका कानुन व्यवसायीको सहभागिता रहेको बताइएको छ ।

८ पुष २०८२, मंगलवार ०८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा