Play

पोखराको फेवा शिक्षा सदनमा स्पोर्टस मिट सुरु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–४ गणेश टोल स्थित फेवा शिक्षा सदनमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थीहरुको शारीरि एवम् मानसिक विकास गर्ने उद्धेश्यले विद्यालयले खेलकुदको आयोजना गरेको हो ।

बुधबारदेखि सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले उद्घाटन गरेका थिए। उनले खेलकुदले विद्यार्थीहरुको पठन पाठन र अनुशासनमा समेत सहयोग पु्ग्ने बताए ।

विद्यालयका प्राचार्य अचुत पाण्डेले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विकासका लागि विद्यालयले खेलकुद लगायत विभिन्न अतिरिक्त कृयाकलापहरुको आयोजना गर्दै आएको बताउदैे यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे ।

खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि विद्यालयका शिक्षक, शिक्षिकाहरुले सहजीकरण गरेको शैक्षिक विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष शुशिला शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख यज्ञराज पौडेलले गरेका थिए ।

खेलकुद प्रतियोगितामा कक्षा नर्सरी, एलकेजी र यूकेजीमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि, मिठाइ दौड, ५० मिटर, दौड, म्युजिकल चियर लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लगि एक सय, दुइ सय, चार सय, आठ सय मिटर दौड, फुटबल, बास्केट बल, रस्साकसी, म्युजिकल चियर, घैटो फुटाउने लगायतका खेलहरुको आयोजना गरिएको अतिरिक्त कृयाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।

१७ मंसिर २०८२, बुधबार १७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा