Play

काँग्रेस महाधिबेशनको कार्यतालिका र सदस्यताको मापदण्ड तय, केन्द्रीय समितिको म्याद थप (निर्णय सहित)

गुरुकुल खबर


पोखरा, लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति सहित कार्यतालिका टुंगो लागेको छ। अब पार्टीको १५ औं महाधिबेशन आगामी पुषको अन्तिममा हुने गरि कार्यतालिका समेत सार्बजनिक भएको छ।

गत असोज २८ देखि चलेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बिशेष महाधिबेशन पक्षधरहरुले पुष महिनासम्ममा बिशेष महाधिबेशन गर्नुपर्ने र पार्टीको संस्थापन पक्षका अधिकांश नेताहरुले फागुन २१ मा हुने भनिएको संसदीय निर्बाचनपछि मात्र महाधिबेशन गर्नुपर्ने भन्दै अडान राखेपछि नेताहरुबिचमा आन्तरिक मतभेद बढेको थियो।

जसका कारण सामाजिक संजालमा मात्र नभएर बिभिन्न भेला र सम्मेलनमार्फत एक पक्षले अर्को पक्षको आलोचना गर्ने क्रम निकै बढेर गएको थियो। पटक पटक बिशेष महाधिबेशन पक्षधरको नामबाट साथै नियमित महाधिबेशन पक्षधरहरुको नामबाट काठमाडौँ सहित देशका बिभिन्न स्थानमा कांग्रेसको बिभिन्न तहले भेला र बैठक गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार गरेर फर्केपछि देउवाकै पहलमा पार्टीका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु र अन्य नेताहरुसंग पटक पटक भएको छलफलपछि मात्र सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी पुस २६,२७ र २८ गते पार्टीको १५ औं महाधिबेशन गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिएको जानकारी अनुसार पार्टीको नियमित महाधिबेशन अन्तर्गत वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको समेत प्रबक्ता डा. महतले जानकारी दिए । त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

 

यसैबीच, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद यहि मङ्सिर महिनामा सकिने भएको र पुषको अन्तिममा मात्र महाधिबेशन हुने भएपछि केन्द्रिय कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थप गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ।

केन्द्रीय कार्यसमिति बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको समेत प्रवक्ता डा. महतले जानकारी दिए ।  ‘वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।’ उनले भने ।

पार्टीको महाधिबेशन पुर्व हुनुपर्ने महत्वपूर्ण काम क्रियाशील सदस्यता नवीकरण र वितरण गर्नु नै रहेकोले केन्द्रीय समितिको बैठकले सदस्यताको नबिकरण र वितरणको लागि मापदण्ड पनि बनाएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको सदस्यताको मापदण्ड सर्वसम्मतिले पारित गरिएको प्रवक्ता डा. महतले जानकारी दिए ।

१५ मंसिर २०८२, सोमबार २०:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा