Play

कांग्रेसको केन्द्रिय समितिको बैठक आज: पुष २६ देखि २९ सम्म महाधिबेशन गर्ने तालिका पेश हुने

गुरुकुल खबर


पोखरा, पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दै छ । असोज २८ गतेबाट बैठक शुरु गरिएको भएपनि  पटक–पटक बस्दै नबसी सुचनाको आधारमा समेत सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो ।कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्न लागेको बुझिएको छ ।

असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो । आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।

आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।  यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ ।  “जसरी सदनमा टेबुल गर्दा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा निर्णयार्थ पेस गर्दा सभामुखले प्रस्ताव राख्छन् त्यसरी नै निर्णयार्थ कार्यवाहक सभापतिले प्रस्ताव राख्न लाग्नुभएको हो,” स्रोतले भन्यो, “त्यसमा कसैको विमति आए मतविभाजनबाट निर्णय हुनेछ ।”

हुन त बिशेष महाधिबेशन पक्षधरहरुले पुष मसान्त भित्र बिशेष महाधिबेशनको विकल्प नरहेको र र संस्थापन पक्षधरहरुले फागुन २१ को चुनाब अगाडी महाधिबेशन सम्भव नरहेको भनि अडान लिईरहेको बेला सभापति देउवाको पहलमा पुष २६ देखि २९ सम्म महाधिबेशन गर्ने गरि कार्यतालिका प्रस्ताब हुन लागेको हो। यो प्रस्ताब पारित भएमा कांग्रेसमा महाधिबेशनको दौड ततकाल शुरु भैहाल्ने अबस्था छ। जसका कार वडा तह हुँदै क्षेत्र र जिल्लामा कांग्रेस नेता र कार्यकर्ताको दौडधुप बढ्ने निश्चित छ ।

१५ मंसिर २०८२, सोमबार ०८:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा