पोखरा, नेकपा एमालेको आसन्न महाधिबेशनका लागि कास्की जिल्लाबाट महाधिबेशन प्रतिनिधि छनोट गर्ने कार्यमा ढिलाई भएपछि पार्टी भित्र बिबाद र असन्तुष्टि बढेको छ। पार्टीभित्र आन्तरिक बिबाद र असन्तुष्टि बढेको कारण केपी ओलीको राम्रो प्रभाव क्षेत्र मानिएको कास्की जिल्लाबाट यस पटक चयन गरिएका महाधिबेशन प्रतिनिधीहरु मध्ये करिब ५५ /६० प्रतिशत मात्र केपी ओलीको पक्षमा रहने र बाँकीले इश्वर पोखरेललाई सघाउने सम्भावना बढेको छ।
एमाले नेता खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ दुबैजना केन्द्रमा केपी ओलीको पक्षमा रहेको भएपनि उनीहरु बिचको व्यक्तिगत टकरावको कारण कास्कीका एमाले कार्यकर्ताहरु खगराज र पृथ्वीसुब्बा अर्थात केआर र पीएस गुटमा विभक्त छन। जेनजी आन्दोलनताका तत्कालिन सरकारमा संचार तथा सूचना प्रबिधि मन्त्री रहेका गुरुङ आन्दोलनपछि कमजोर बनेको महशुस पनि गर्न थालिएको छ।
पृथ्वीसुब्बालाई नेता मान्दै आएका कतिपय जिल्लास्तरीय कार्यकर्ताहरुले आँफुहरुलाई पीएस पक्षधर भएको आरोप लगाएर बिगतमा जस्तै पाखा लगाउने सम्भावना रहेकोले आंफ्नो राजनीतिक सुरक्षाको लागि पनि केन्द्रमा ओलीको बिपक्ष वा विधा भण्डारीको पक्षमा जाने सम्भावना बढेको देखिएको छ। विधा भण्डारीको समर्थनमा जानेहरुले इश्वर पोखरेललाई मतदान गर्ने सम्भावनालाई हेर्ने हो भने कास्कीबाट छनोट गरिएका महाधिबेशन प्रतिनिधिहरुको मत ओली र पोखरेललाई करिब बराबर पर्ने देखिएको छ।
यसरि ओली र पोखरेलको पक्षमा बराबरीको संख्यामा महाधिबेशन प्रतिनिधि चयन गर्ने काम एमाले नेता एबम कास्की इन्चार्ज कृष्ण थापाको चतुर्याईको कारण हुन गएको एमाले नेताहरुको भनाई छ। कास्कीबाट महाधिबेशन प्रतिनिधि चयन गर्नको लागि जिल्ला इन्चार्ज कृष्ण थापा सहित केन्द्रिय नेताहरु खगराज अधिकारी र जगतबहादुर बिकको मुख्य भूमिका रहेको बताइन्छ। तीनजना मध्ये जगत बिक पृथ्वीसुब्बा पक्षधर मानिन्छन तर कृष्ण थापाले खगराज र पृथ्वीसुब्बा दुबैको बिश्वास जितेर आंफ्नो अनुकुलका महाधिबेशन प्रतिनिधि चयन गर्न सफल भएपछि कास्कीबाट पनि ओलीको बिपक्षमा राम्रो मत पर्ने अबस्था सिर्जना भएको बताइएको छ।
शनिबार नै महाधिबेशन प्रतिनिधिहरुको टुंगो लाग्नुपर्ने भएपनि जिल्ला अध्यक्ष क्षत्रीको असहमतिका कारण टुंगिन नसकेको प्रतिनिधि छनोट कार्य आइतबार दिउँसो चर्को दवाबपछि मात्र टुंगिएको बताइएको छ । केन्द्रीय सदस्य तथा इन्चार्ज रहेका नेताहरुले सहमति गरेर नामावली तयार गरेको भएपनि जिल्ला अध्यक्षले उक्त नामावलीमा सन्तुष्ट नहुँदा हस्ताक्षर गर्न नमानेको कारण प्रतिनिधिहरुको नाम सार्बजनिक गर्न ढिलाई भएको थियो। तर चर्को दवाबपछि सबैको सहमति भन्दै आइतबार अपरान्ह प्रतिनिधिको नामावली पार्टीको जिल्ला कार्यालयमा टाँसेर सार्बजनिक गरिएको थियो ।
खगराज र पृथ्वीसुब्बाको गुटबन्दीको असर केपी ओलीलाई पर्ने सम्भावना

केपी ओली पक्षका एक एमाले नेताका अनुसार जिल्ला इन्चार्जको रुपमा रहेका थापाले खगराज र पृथ्वीसुब्बा दुबैलाई गुमराहमा पार्न सफल भएका छन। थापा यस अगाडी कुनै बेला खगराजको बिश्वासपात्र बनेको र कुनै बेला पृथ्वीसुब्बाको बिश्वासपात्र बनेको भन्दै ति नेताले गुरुकुल खबरसंग भने।, ‘यस पटक थापाले खगराजकै बिश्वासपात्र जस्तो बनेर खगराज बिरोधी मानिएका केहि व्यक्तिलाई महाधिबेशन प्रतिनिधिमा पार्न सफल भए। जसका कारण कास्कीबाट सोच्दै नसोच्ने किसिमले अध्यक्ष पदमा ओलीको जत्तिकै मत पोखरेलको पक्षमा पर्ने सम्भावना छ।’
कास्की जिल्लाबाट महाधिबेशन प्रतिनिधि बन्न चाहनेहरुको संख्या धेरै रहेको भएपनि सहमतिको आधारमा प्रतिनिधि छनोट गर्ने नाममा थापाले ओलीको बिपक्षमा रहेकाहरुलाई समेत प्रतिनिधि बनाउन सफल भएको ति नेताको भनाई छ। जसका कारण पार्टीको बिभिन्न तहमा रहेका नेताहरुमा समेत असन्तुष्टि बढेको छ। कतिपय नेताहरुले आंफ्नो असन्तुष्टिलाई सामाजिक संजालबाट समेत सार्बजनिक गरेका छन भने कतिपयले पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरुमाझ आंफ्नो असन्तुष्टि प्रवाह गर्न थालेका छन।
महाधिबेशन प्रतिनिधिको सिफारिस सम्बन्धित क्षेत्रिय समितिले गर्नुपर्ने व्यवस्था रहेकोले क्षेत्रिय संयोजकहरु समेत स्वाभाविक रुपमा महाधिबेशन प्रतिनिधि बन्न इछ्यूक देखिएका थिए। तर इछ्यूकहरुको संख्या धेरै भएको कारण आँफुहरु प्रतिनिधि नबन्दा समेत आपत्ति नहुने उनीहरुले बताएका थिए। तर सहमतिको नाममा सिनियर र उपयुक्त नेताको सट्टा आंफ्नो अनूकुलका व्यक्तिलाई छनोट गर्न थालेपछि तिनै क्षेत्रिय संयोजकहरुले आँफुहरु पनि जान पाउनुपर्ने भनेर दावी गरेपछि पनि प्रतिनिधि छनोट कार्य लम्बिएको बताइएको छ। कास्कीका तीनवटा क्षेत्रमध्ये कास्की क्षेत्र न १ मा दर्शन लामा, २ मा भेषराज बराल र ३ मा लालबहादुर परियार संयोजक रहेका छन।
कास्कीबाट महाधिबेशन प्रतिनिधि छनोट गर्दा खगराज अधिकारी, जगत बिक र कृष्ण थापाको साथै जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्रीको भूमिका महत्वपूर्ण रहने अपेक्षा धेरैले गरेका थिए। त्यसमा पनि क्षेत्र न.१ बाट प्रतिनिधि चयन गर्दा चुडामणि जंगली र बालकृष्ण काउछा , क्षेत्र न. २ बाट प्रतिनिधि चयन गर्दा मन्जु गुरुङ र प्रभा कोइराला तथा क्षेत्र न. ३ बाट प्रतिनिधि चयन गर्दा राजिब पहारी र मिना गुरुङ लगायतको परामर्श लिईएको बताइए पनि अधिकांश प्रतिनिधि चयनमा थापाको चलखेल बढेको आरोप समेत लाग्न थालेको छ।
महाधिबेशन प्रतिनिधिहरु को को ?
महाधिबेशन प्रतिनिधि बन्नको लागि कास्की क्षेत्र न.१ बाट खुल्लातर्फ २१ जना, महिलातर्फ १० जना र युवातर्फ ७ जना गरि ३८ जनाको उमेदवारी परेको थियो भने क्षेत्र न. २ बाट खुल्लातर्फ २० जना,महिलातर्फ ९ जना र युवातर्फ ७ जना गरि ३६ जनाको उमेदवारी परेको थियो। यसैगरी कास्की क्षेत्र न.३ बाट खुल्लातर्फ २६ जना, महिलातर्फ १२ जना र युवा तर्फ ९ जना गरि ४७ जनाको उमेदवारी परेको थियो यस बाहेक दलित क्लस्टरबाट उमेदवारी दिनेहरुको संख्या अरु रहेको बताइएको छ। यसरि ठुलो संख्यामा उमेदवारी परेको भएपनि हरेक निर्बाचन क्षेत्रबाट ७/७ जनाको दरले २१ जना र दलिततर्फ २ जना गरि २३ जना महाधिबेशन प्रतिनिधिहरुको नाम घोषणा गरिएको कारण जिल्लास्तरका नेता कार्यकर्ताहरुमा असन्तुष्टि बढेको हो ।
घोषणा गरिएका महाधिबेशन प्रतिनिधिहरुमा कास्की क्षेत्र न.१ बाट खुलातर्फ टिकाराम पगेनी, वैन बहादुर क्षेत्री, वेद बहादुर गुरुङ र दर्शन लामा महिला तर्फ बिजया सुवेदी र रक्षा भट्टराई तथा युवा तर्फ नवराज ओझा रहेका छन भने कास्की क्षेत्र न. २ बाट खुलातर्फ तेजनारायण अधिकारी, रश्मि आचार्य, भेषराज बराल र राम प्रसाद खनाल महिला तर्फ हिरा गिरि र सिर्जना शर्मा तथा युवातर्फ बिजय पाैडेललाई महाधिबेशन प्रतिनिधि घोषणा गरिएको छ। यसैगरी कास्की क्षेत्र न.३ बाट खुला तर्फ माधव प्रसाद बास्तोला दिपक पाैडेल, जगन्नाथ बास्तोला र लाल बहादुर परियार रहेका छन भने महिला तर्फ शाेभा पहारि र गिता बिक तथा युवा तर्फ भरतमान गुरुङ महाधिबेशन प्रतिनिधि घोषित भएका छन यसैगरी दलित तर्फबाट महाधिबेशन प्रतिनिधि बन्ने अवसर दाम बहादुर बिक र प्रेम बिकलाई प्राप्त भएको छ।
कार्यकर्तामा असन्तुष्टि र आक्रोश, केन्द्रमा उजुरी
नेकपा (एमाले) कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटपछि चर्को असन्तुष्टि व्यक्त भएको छ । महाधिबेशन प्रतिनिधि बन्न इछ्यूक नेताहरुले गरेको बिश्वास अविश्वासमा परिणत भएपछि कार्यकर्ता असन्तुष्ट मात्र नभएर आक्रोसित बनेका थिए। कतिपय कार्यकर्ताहरुले पार्टी कार्यालयमा पुगरे चर्को विरोध गरेका थिए । प्रतिनिधि छनोटमा केन्द्रिय सदस्यहरुको भुमिकालाई लिएर आलोचना र आक्रोस मात्र बढेको नभएर केन्द्रिय संगठन विभागमा उजुरी समेत परेको बताइएको छ। सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, एमाले कास्की उपसचिव सन्तु सुवेदी लगायतले प्रतिनिधि छनोटमा असन्तुष्टी प्रकट गर्दै उजुरी हालेका बुझिएको छ ।
पोखरा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष समेत रहेका एमाले समर्थित उद्योगी ब्यापारीहरुको संस्थाका गण्डकी प्रदेशका अध्यक्ष सन्जिब बहादुर कोइरालाले आँफुलाइ महाधिबेशन प्रतिनिधि बन्नबाट रोकिएपछिको आक्रोश सामाजिक संजाल फेसबुकमा पोखेका छन। उनले आंफुले उमेदवारी फिर्ता नलिएको जानकारी सहित निर्बाचन प्रक्रियाबाट महाधिबेशन प्रतिनिधि छनोट गर्न निर्बाचन समितिलाई पत्र समेत लेखेका थिए ।

पृथ्वीसुब्बा गुरुङको निकट मानिने कोइराला निडर र हकी स्वभावका मानिन्छन । उनले लेखेका छन “हाम्रो पार्टी कति लोकतान्त्रिक छ। मेरो निवेदन खोस्टो बनाईदिनुभएकोमा क.भेषराज बराल, क. कृष्ण थापा्, क.जगत बि.क. र क.खगराज अधिकारीज्युलाई हार्दिक बधाई तथा उज्वल भबिष्यको शुभकामना ”

केन्द्रमा केपी ओलीलाई नेता मान्ने पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको चर्को गुटबन्दीका कारण पछिल्लो समय विद्या भण्डारी निकट रहेका कृष्ण थापाले खगराज अधिकारी निकट मानिएका केहि प्रभावशाली नेताहरुलाई महाधिबेशन प्रतिनिधिमा रोक्न सफल भएको बताइन्छ । कास्की इन्चार्ज थापा लामो समय खगराज अधिकारीको नजिक रहेर काम गर्दै आएको भएपनि यस पटक उनले नै अधिकारीलाई बिश्वासघात गरेको आरोप अधिकारी निकटका कार्यकर्ताले लगाएका छन ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा पृथ्वीसुब्बा गुटको अन्तरघातबाट पोखरा महानगरपालिकाको मेयर पदमा पराजित भएको भन्दै त्यसयता थापा अधिकारी गुटबाट चर्को रुपमा प्रस्तुत हुने गरेका थिए । तर पछिल्लोपटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पोखरा भ्रमणका क्रममा थापाले देखाएको सक्रियताले त्यस समय नै गुट परिर्वतन गरेको हल्ला एमाले वृत्तमा थियो । भण्डारीलाई भेट्न काठमाण्डौं समेत पुगेर फर्किएपछि थापा गुरुङ निकट नेताहरुसंग गोप्य छलफल र भेटवार्तामा रहेको कारण यसपटक उनले अधिकारी निकटका नेताहरुलाई रोकेको आरोप लागेको छ ।
प्रभावशाली नेताहरु नै बन्न पाएनन् महाधिबेशन प्रतिनिधि
एमाले कास्कीमा अधिकारी पक्षधर भनेर चिनिने युवा नेता दिलिप न्यौपाने पनि महाधिबबेशन प्रतिनिधि बन्नबाट रोकिएका छन् । पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने लामो समय विद्यार्थी राजनिति गरेका पात्र हुन् । पोखरा महानगरपालिकाको अधिवेशनमा कार्यकर्ताको दोहोरिने मागलाई थाती राखेर सहज रुपमा नेतृत्व हस्तान्तरण गरेका उनि पछिल्लो पुस्ताको तर्फबाट आगामी महाधिवेशनमा केन्द्रिय सदस्यको बलियो दावेदारको रुपमा समेत हेरिएका थिए। तर थापा र पृथ्वीसुब्बा गुटका पोलिटव्युरो सदस्य जगत विश्वकर्माको सहमतीले उनको नाम प्रतिनिधिको सूचिमा नपरेको बुझिएको छ ।

थापा र विकले न्यौपानेसंगै जोडिएका अनेरास्ववियुका निर्वतमान सचिव आर्शिवाद सुवेदीलाई पनि प्रतिनिधि बन्नबाट बन्चित गरेको आरोप लागेको छ । सुवेदीलाई नै सर्मथन गरेका विजय पौडेललाई भने जर्वजस्त नेताहरुले प्रतिनिधि बनाएको बताईन्छ। यसैगरी एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जिवन आचार्य पनि प्रतिनिधि बन्न पाएनन् । उनको ठाउँमा खगराज अधिकारी निकट मानिएका एमाले कास्की उपाध्यक्ष भेषराज बराल प्रतिनिधि बनाईएका छन् । खगराज अधिकारी निकट भएकै कारण दिलिप, जीवन, आर्शिवाद र विवेकलाई रोक्न थापा र बिक मिलेको अर्का नेताको भनाई छ ।
कास्की क्षेत्र नं ३ का विघटित प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी पनि प्रतिनिधि बन्न पाएनन् । सोही क्षेत्रका पूर्व सांसद रहेका पोलिटव्युरो सदस्य विकले सहमतीको आवरणमा वैरागीलाई प्रतिनिधि बन्नबाट रोकेको बताइएको छ । एकदिन अगाडीसम्म क्षेत्र नं ३ बाट युवा क्लष्टरमा प्रतिनिधिमा नाम राखिएका विवेक देवकोटा पनि प्रतिनिधि बन्न पाएनन् । उनको ठाउँमा विक खेलकुद मन्त्री रहंदा स्वकिय सचिव रहेका भरतमान गुरुङ प्रतिनिधि बनेका छन् । लामो समय अनेरास्ववियुमा काम गरेका देवकोटा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका निर्वतमान अध्यक्ष हुन् ।
खगराजसंग स्थानीयस्तरमा नजिक रहेपनि केन्द्रमा विधा भण्डारी पक्षमा पुगेका थापाले पृथ्वीसुब्बा गुटसंग सहमतीको आवरणमा सम्झौता गरेकै कारण खगराज निकटका नेताहरु प्रतिनिधि बन्न रोकिएको चर्चा एमाले वृत्तमा निकै चलेको छ ।‘आफैं पदाधिकारीको दाबेदारको रुपमा रहेका खगराज अधिकारीले प्रतिनिधि छनोटमा विवाद खोज्नुभएन विश्वास गरेर जिम्मा दिनुभयो तर विश्वास गरेकाले घात गरे’ एक नेताले भने । तर कतिपयले भने अधिकारी पक्षधरले पनि पृथ्वीसुब्बा गुरुङ पक्षधर भन्दै कतिपयलाई रोक्न सफल भएको आरोप पनि लागेको छ। ब्यबसायी कोइराला सहित अन्य सिनियर नेताहरु समेत अधिकारी पक्षको शिकार बन्न पुगेको उनीहरुको भनाइ छ ।
अधिकांश जनप्रतिनिधिहरु पनि रोकिए
एमाले कास्कीले पठाएको महाधिबेशन प्रतिनिधि छनोटमा जनप्रतिनिधिहरुलाई समेत रोकिएको भन्दै सामाजिक सन्जालमा असन्तुष्टी पोखिएको छ । पुर्व संघिय सांसद दामोदर बैरागी र मनबहादुर गुरुङ, प्रदेश सांसद गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपाली, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी प्रतिनिधि बन्न चाहेर पनि बन्न सकेनन। ‘जनताले चुनाव हराएका पात्रहरुले पार्टीमा शक्तिको आडमा जनताबाट अनुमोदन भएका अनुहारलाई रोकेर तुच्छ शैलीको राजनीति गरे, एक जनप्रतिनिधिले भने । प्रतिनिधिको नाम टुंगाउने जिम्मेवारी पाएका मध्य केन्द्रिय सदस्यद्धय थापा र युवा संघ इन्चार्ज समेत रहेका राजीव पहारी पछिल्लो २०७९ निर्वाचनमा पराजित अनुहार हुन् ।
यस्तो छ प्रतिनिधिको अंक गणित
कास्कीबाट छानिएका २३ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये १० जना विधा भण्डारी वा इश्वर पोखरेलको पक्षमा र १३ जना केपी ओलीको पक्षमा मतदान गर्ने सम्भावना रहेको बताइन्छ। कास्की इन्चार्ज थापा र केन्द्रिय सदस्यहरुले टुंगो लगाएका नामहरु मधे क्षेत्र नं १ बाट बैन बहादुर अधिकारी क्षेत्री, दर्शन लामा, टिकाराम पंगेनी, बेद बहादुर गुरुङ, रक्षा भट्टराई, विजया सुवेदी र नवराज ओझा मध्ये ५ जना अधिकारी निकट छन्, एकजना गुरुङ निकट रहेका छन् भने एक जना अधिकारीसंगै रहेपनि केपी ओलीको चर्को आलोचक हुन ।
क्षेत्र नं २ मा तेज नारायण अधिकारी, भेषराज बराल, रश्मी आचार्य, राम प्रसाद खनाल, हिरा गिरी, सिर्जना शर्मा र विजय पौडेल मध्ये बराल , आचार्य र खनाल अधिकारी निकट तथा तेजनारायण र हिरा पृथ्वी सुब्बा निकट मानिन्छन। गण्डकी प्रदेशकी पूर्व उपसभामुख समेत रहेकी शर्मा अधिकारी निकट रहेपनि केन्द्रमा विधा भण्डारीको पक्षमा लाग्ने सम्भावना छ । युवा क्लष्टरका पौडेल भने खगराज निकट हुन् ।
क्षेत्र नं ३ को प्रतिनिधि छनोटमा भने पोलिटव्युरो सदस्य जगत बिकले एकलौटी गरेको भन्दै चर्को विरोध छ । माधब प्रसाद बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला, लाल बहादुर परियार, शोभा पहारी, गिता बिक, भरतमान गुरुङ मध्ये परियार मात्रै खगराज अधिकारी निकट हुन। क्षेत्र न. ३ मा जगत बिकले विगतदेखि नै गुटबन्दी गर्दै आएको र यसपटक पनि जिल्ला इन्चार्ज थापासंग मिलेर गुटबन्दि गरेको कारण अधिकारी पक्षधरहरु क्षेत्र न. ३ मा रोकिन पुगेको बताइन्छ । तर कतिपय कार्यकर्ताहरु आँफुले सकेको ठाउँमा अधिकारी र गुरुङ पक्षले एक अर्कोलाई रोक्ने प्रयास गर्दा योग्य र क्षमतावान कार्यकर्ताहरु रोकिएको र गुटबन्दीमा रमाउनेहरुले मात्र ठाउँ पाएको चर्चा चलिरहेको छ।
यस्ता बिभिन्न कारणले गर्दा केन्द्रीय महाधिबेशनमा कास्कीबाट कृष्ण थापा सहित दर्शन लामा, भरतमान कोने, माधव बाँस्तोला, सिर्जना शर्मा, टिकाराम पगेनी, तेजनारायण अधिकारी, हिरा गिरि, जगन्नाथ बाँस्तोला, शोभा पहारी र गीता बिक लगायतको मत पोखरेललाई जाने सम्भावना रहेको बताइएको छ। हुन त, कास्कीमा दलित र उत्पीडित सहित २५ जना महाधिबेशन प्रतिनिधि छनोट गरिएको भएपनि केन्द्रिय सदस्य र बिभागका सदस्यहरु समेत गर्दा करिब ५० जना महाधिबेशन प्रतिनिधि पुग्छन। त्यस मध्ये अधिकांश मत ओलीलाई नै जाने भएपनि जिल्लाबाट हाल छनोट भएका २५ जनाको मत ओलीलाई ५५/६० प्रतिशत र पोखरेललाई ४०/४५ प्रतिशतको हाराहारीमा पर्ने अनुमान गरिएको छ।
महाधिबेशन प्रतिनिधि बन्न इछ्यूक को को थिए त ? हेर्नुस नामावली



















