Play

कास्कीमा धेरै धान उत्पादन गर्ने कृषक: पोखरा-२३ का फवेन्द्र र बालकृष्ण एबम १३ का मिलनलाई सम्मान

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाका धान उत्पादक कृषकहरु मध्ये पोखरा महानगरपालिका-२३ का कृषकले धान उत्पादनमा उत्कृष्ट भएर पुरस्कार प्राप्त गर्न सफल भएका छन। पोखरा महानगरपालिका वडा नम्बर १९ चुरुङ्गामा शनिबार भएको दाँई महोत्सवमा पोखरा २३ का दुईजना कृषक र पोखरा १३ का एक जना कृषकलाई धेरै धान उत्पादन गरेको भन्दै प्रोत्साहन पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो ।

पोखरा महानगरपालिका क्षेत्रमा ५ सय मुरी, १ सय मुरी र ९८ मुरी धान उत्पादन गरेका ३ जना कृषकहरुलाई उत्कृष्ट कृषकको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद सहित सम्मान गरेका थिए ।

यस वर्ष ५ सय मुरी धान उत्पादन गर्ने कृषक पोखरा – २३ का कृषक फवेन्द्र प्रसाद गुरुङलाई नगद १० हजार, १ सय मुरी धान उत्पादन गर्ने पोखरा – १३ का कृषक मिलन गुरुङलाई नगद ७ हजार र ९८ मुरी धान उत्पादन गर्ने पोखरा – २३ का कृषक बालकृष्ण भण्डारीलाई नगद रु ५ हजार सहित सम्मान गरिएको थियो ।

त्यस अबसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कृषि उत्पादन बढाउन र कृषिको व्यवसायीकरण गर्न आबश्यक रहेको भन्दै दाईं महोत्सब जस्ता कार्यक्रमले कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने कुरामा जोड दिए  ।

यस्तै गोरुपालक कृषक जीवन बास्तोलालाई नगद ६ हजार, धान चुट्ने प्रतियोगितामा प्रथम भएका कृषक श्याम भुजेल, द्धितिय जीवनाथ सुवेदी, तृतीय विष्णु प्रसाद पौडेललाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैया प्रदान गरिएको थियो ।

परालको भारी बाँध्ने प्रतियोगिताका विजेताहरू अग्निधर गौतम र भीम विक, नवीन र अभिषेक बास्तोला तथा कुल बहादुर भुजेल र तारानाथ गौतमलाई क्रमशः नगद रु ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको थियो।

यस्तै गुन्द्री बुन्ने प्रतियोगिताका विजेताहरू लक्ष्मी देवकोटा र लक्ष्मी बास्तोला, सिता गौतम र विष्णु गौतम तथा लक्ष्मी अधिकारी र अञ्जना अधिकारीको जोडीलाई पनि क्रमशः नगद रु ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको बुझिएको छ ।

पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल र बिउमा अनुदान दिदैँआइरहेको महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले गुरुकुल खबरलाई जानकारी दिए ।

यस बर्ष दोश्रो पटक आयोजित दाईं महोत्सव पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुङ्गा टोल विकास संस्थाको स्थानीय व्यवस्थापन सम्पन्न भएको छ।

१३ मंसिर २०८२, शनिबार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा