पोखरा, नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि महाधिबेशन प्रतिनिधिहरु चयन गर्ने प्रक्रिया जारी छ। आज शनिबार मुलुकका ७७ वाट जिल्ला सहित अन्य जनबर्गीय संगठनबाट समेत महाधिबेशन प्रतिनिधि चयन गर्न लागिएकोमा अधिकांश जिल्लामा चयन भैसकेको भएपनि कतिपय जिल्लामा मतदानको प्रक्रिया द्वारा प्रतिनिधि छानिने क्रम चलेको छ । केहि जिल्लामा बिबादका कारण महाधिबेशन प्रतिनिधि चयन प्रक्रिया स्थगित हुन् पुगेको छ। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । गण्डकी प्रदेशका कतिपय जिल्लामा सहमतिको प्रयास जारी रहेको कारण अझै सम्म महाधिबेशन प्रतिनिधि टुंगिन नसकेको बुझिएको छ
स्याङ्जाबाट सहभागी हुने महाधिबेशन प्रतिनिधिहरूको टुंगो लागेको र आबश्यक १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएको बताइएको छ।स्याङ्जाबाट एमालेको महाधिबेशन प्रतिनिधि बन्नका लागि ८४ जनाले आकांक्षा देखाएकोमा पनि दुई दिनसम्मको पहल पछि १५ जनाको नाममा सहमति जुटेको बुझिएको छ । एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले दुई दिनको छलफलपछि सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताए । उनका अनुसार छनोट भएका प्रतिनिधिहरू मध्ये स्याङ्जा संघीय निर्वाचन क्षेत्र नम्बर १ को खुलातर्फ नारायणप्रसाद मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा, महिलातर्फ चिनमाया गुरुङ र तारा शर्मा तथा युवा कोटामा अमृत नेपाली सर्वसम्मत रुपमा महाधिबेशन प्रतिनिधि छानिएका छन ।
यसैगरी स्याङ्जाको संघीय निर्बाचन क्षेत्र नम्बर २ मा खुलातर्फ जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई र खिमबहादुर थापा, महिलातर्फ खगीसरा थापा र भेमला बराल तथा ४० वर्षमुनिका युवातर्फ विश्वनाथ अर्याल महाधिबेशन प्रतिनिधि चयन भएको बुझिएको छ । यसैगरी, दलित समुदाय (क्लस्टर) बाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको एमाले स्याङ्जाको निर्वाचन समितिले जनाएको छ।
बाग्लुंग जिल्लाबाट पनि नेकपा एमालेको महाधिबेशनको लागि प्रतिनिधि छनोट भैसकेको छन। बाग्लुंग जिल्लाका दुईवटा निर्वाचन क्षेत्र र दलित क्लस्टरबाट गरी कुल ११ जना प्रतिनिधि छानिएकोमा क्षेत्र नम्बर १ बाट ६ जना, क्षेत्र नम्बर २ बाट ४ जना र दलित क्लस्टरबाट १ जना प्रतिनिधि चयन भएको एमाले बागलुङले जनाएको छ ।
बागलुङका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने ६ जनाका लागि ३९ जनाले दाबी गरेका थिए । आकांक्षीहरूबीच दुई दिनसम्म छलफल हुँदा पनि कुरा नमिलेपछि शुक्रबार नेतृत्वलाई जिम्मा दिइएको थियो । केन्द्रीय सदस्यहरू इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिराबहादुर खत्री र क्षेत्रीय संयोजक धनबहादुर परियार रहेको समितिले प्रतिनिधिको नाम टुंगो लगाएको हो । जसअनुसार खुलातर्फको तिन जनामा जिल्ला अध्यक्ष हिराबहादुर केसी, जिल्ला सचिव गणेश थापा र प्रदेश सदस्य लालबहादुर थापा, महिला तर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार तथा युवातर्फ सिर्जना पन्त सर्वसम्मत छानिएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ मा भने बिहीबार नै प्रतिनिधि चयनको काम सकिएको थियो । त्यस क्षेत्रबाट ४ जना महाधिबेशन प्रतिनिधि हुनुपर्नेमा १३ जनाले आवेदन दिएको भएपनि खुलातर्फ भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीसलाई सर्वसम्मत चयन गरिएको बताइएको छ । यसैगरी, दलित क्लस्टरबाट जिल्ला सहसचिव धनबहादुर परियार सर्वसम्मत प्रतिनिधि छानिएका छन्।
तनहुँ जिल्लाका दुई वटा निर्बाचन क्षेत्रमध्ये क्षेत्र नं २ मा एमालेको महाधिवेशन प्रतिनिधिको चयन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । त्यस क्षेत्रबाट महाधिबेशन प्रतिनिधि चयन हुनेमा खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ,राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल ,महिला तर्फ बिर्सना श्रेष्ठ र विष्णु अधिकारी पराजुली साथै युवा तर्फ उज्वल खनाल रहेका छन् ।

अन्य जिल्लाबाट चयन हुने प्रतिनिधिको विवरण पनि प्राप्त भएपछि केहि समयमा अपडेट गरिने छ
















