Play

महाधिबेशनबाट ओली अध्यक्ष बन्नेमा शंका छैन, यो सरकारले चुनाब गराउन चाहंदैन- पुर्व मुख्यमन्त्री अधिकारी

गुरुकुल खबर


धनगढ़ी, नेकपा एमालेका स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले अगामी मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष बन्ने कुरामा शङ्का नरहेको बताउंदै ओली नै सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन ।

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए । ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शङ्का छैन,’ अधिकारीले भने, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन ।’

अधिकारीले अहिलेको सरकार असंवैधानिक बाटोबाट बनेको र यसले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको तर ठुलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोसाक पनि लुटिएको अवस्थामा भयरहित वातावरणमा चुनाब गर्ने दायित्व भएपनि सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

अधिकारीले एमाले छाडेर मातृ भूमि अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि एमालेले कुनै क्षति बेहोर्नु नपर्ने दाबी गरे । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालेले बेहोर्नुपर्ने नोक्सानी बेहोरिसकेकाले थप नोक्सान नहुने उनको भनाइ छ।

सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरिएको भन्दै अधिकारीले संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीशलाई असंवैधानिक बाटोबाट प्रधानमन्त्री बनाएर युवाका माग हाईज्याक गरिएको र मुलुकलाई कमजोर बनाउने खेल भएको अधिकारीले दाबी गरे।

‘संविधानले सर्वोच्चका न्यायाधीश मानव अधिकार बाहेक कतै पनि नियुक्त हुन नमिल्ने व्यवस्था गरेको छ । तर अहिले प्रश्न गर्ने व्यक्ति सञ्चार मन्त्री, व्याख्याको पुनर्पुष्टि गर्ने व्यक्ति प्रधानमन्त्री भएर संविधानको खिल्ली उडाइएको छ,’ अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउँदैन। गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।

२७ कार्तिक २०८२, बिहीबार १५:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा