Play

पोखरामा भाइटिका महोत्सवलाई निरन्तरता, बिभिन्न मुलुकका एकसय बढी पर्यटकहरु सहभागी

गुरुकुल खबर


पोखरा, पोखराका होटल तथा पर्यटन ब्यबसायीहरुको पहलमा झन्डै दुई दशक अगाडी शुरु गरिएको भाईटिका महोत्सबलाई यस बर्ष पनि निरन्तरता दिईएको छ। राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पर्यटकीय नगरको रुपमा परिचित पोखराका पर्यटन ब्यबसायीहरुले पोखरा र सिंगो नेपालको पर्यटनको साथै नेपाली परम्परा र संस्कृतिको संरक्षण र प्रबर्द्दन गर्ने उद्देश्यका साथ १७ बर्ष अगाडी भाईटिका महोत्सबको आयोजना गरिएको थियो।

बिशेष गरि नेपालभन्दा बाहिरबाट पोखरामा घुम्न आएका पर्यटकहरुलाई नेपाली परम्परा र संस्कृतिको बारेमा जानकारी गराई उनीहरुलाई यस्ता चाडपर्ब मनाउने समयमा नेपाल घुम्न आउने बनाउन वा पोखरामा पर्यटकहरुको आकर्षण बढाउन भाईटिका महोत्सब आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए।

पोखरामा पर्यटन ब्यबसायीसंग सम्बन्धित बिभिन्न संघसंस्थाले पोखरामा पर्यटकहरु भित्र्याउन बिभिन्न गतिबिधि र महोत्सब गर्ने क्रममा होटल संघ पोखराले भाइटिका महोत्सब र नेपाली नयाँ बर्ष महोत्सब आयोजना गर्दै आएको छ। यसैगरी रेबानले अंग्रेजी नयाँ बर्षको अबसर पारेर पोखरा सडक महोत्सब गर्दै आएको छ भने अन्य संघसंस्थाले पनि अन्य बिभिन्न गतिबिधिहरु एब मेला र महोत्सब संचालन गर्दै आएका छन।

यसैक्रममा होटल संघ पोखरा नेपालले यस बर्षको तिहारको अवसरमा बिहिबार आयोजना गरेको १८ औं भाइटिका महोत्सव- २०८२ मा एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएको संघका अध्यक्ष सुबेदीले जानकारी दिए। महोत्सवमा विभिन्न १५ भन्दा बढी देशका पर्यटकहरु सहभागी भएर भाइटिका लगाएको जानकारी दिंदै उनले यस पटकको भाइटिका महोत्सवमा पर्यटकहरुको उल्लेख्य सहभागिता रहेकोले महोत्सब विशेष बन्न पुगेको बताए ।

संघका पुर्ब अध्यक्ष गोबिन्दराज पहरीका अनुसार कतिपय पर्यटकहरु भाईटिका महोत्सबमा समेत सहभागि हुने किसिमले पटक पटक नेपाल घुम्न आउने गरेको छन यसपटक आएका एक पर्यटक चौथो पटक यसकिसिमको महोत्सबमा सहभागी भएको र उनले आँफुसंगै २० जनाको ग्रुप लिएर नेपाल भ्रमणमा आएको जानकारी पनि पुर्व अध्यक्ष पहारीले गुरुकुल खबरलाई दिए ।

महोत्सवमा अमेरिका, वेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिलैण्ड, नेदरलैण्ड लगायतका देशका पर्यटकको सहभागिता रहेको  बताइएको छ । लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो ।

पर्यटकहरुले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसी भैलोमा रमाए ।  सप्तरंगी टिका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । उनले नेपाल सांंस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन् ।

संघका द्वितीय उपाध्यक्ष एबम महोत्सब कार्यक्रमका संयोजक गणेशराज पहारीले संस्कृतिको माध्यमबाट पर्यटन प्रबर्द्दन गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवले पोखराको पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको बताए ।

६ कार्तिक २०८२, बिहीबार २१:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा