Play

बिपिन जोशीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुख ब्यक्त, महाकाली नदीमा जोशीको अन्त्येष्टि सम्पन्न

गुरुकुल खबर


काठमाडौँ, अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको मृत्यु भएकोमा नेपाली काँग्रेसले गहिरो दुख सहित श्रद्धाञ्जली व्यक्त गरेको छ। सन् २०२३ अक्टुबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु जोशीको इजरायलमा मृत्यु भएको थियो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै जारी गरेको शोक सन्देशमा ‘सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुनेछ भन्ने कुरामा नेपाल र नेपाली जनताको ठूलो आशा र विश्वास रहेको भएपनि तर त्यसको विपरीत गत असोज २७ गते इजरायली अधिकारीहरूले उहाँको मृत्युको पुष्टि भएको उल्लेख गरिएको छ ।

‘जोशीको निधनको कारण अहिले सिङ्गो मुलुक शोकमा डुबेको छ । दुःखको यस घडीमा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’ खड्काले भनेका छन ।

यसैबीच महाकाली नदीको भुजेलाघाटमा जोशीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित मंगलबार अत्येष्ठी गरिएसँगै नोपली कांग्रेसको तर्फबाट  विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका जोशीको पार्थिव शरीर सोमाबार उनको परिवारलाई बुझाइएको थियो । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहित उनका आफन्तले शव बुझेका थिए ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शब इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

४ कार्तिक २०८२, मंगलवार १५:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा