Play

बिदेशमा बस्ने नेपालीको कथा र भोगाई समेटिएको ‘हाम्राे देश, त्यस्तै हाेस’ पुस्तकको लोकार्पण

गुरुकुल खबर


काठमाडौँ, समाजसेवी सकुल थापाद्वारा लिखित पुस्तक “हाम्राे देश, त्यस्तै हाेस” लाेकार्पण भएकाे छ। शब्दयात्रा प्रकाशनले प्रकाशित गरेकाे पुस्तक काभ्रेकाे बनेपामा आयोजित एक समारोहमा काठकाण्डाै विश्वबिद्यालयका पूर्व उपकुलपति डा.भाेला थापाले लोकार्पण गरेका थिए।लोकार्पण समारोहमा साहित्यकार हरि मञ्जुश्री लगायत शब्दयात्रा प्रकाशन परिवारका सदस्य एबम अन्यको उपस्थिति रहेको थियो ।

विदेश यात्राकाे तिताे अनुभव सहितको यथार्थता झल्कने पुस्तक ‘हाम्राे देश, त्यस्तै हाेस’ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थी र अर्थाेपार्जन गर्ने उदेश्य बाेकेर विदेसिएका सर्वसाधारणकाे मार्मिक कथा र भोगाई समेटिएको छ। विदेशिएका विद्यार्थी कसरी बस्छन ? काम गर्नेहरुको दैनिकी कसरी चलेको छ ? जस्ता जिज्ञासालाई पुस्तकमा छर्लङ्ग पार्ने प्रयास गरिएको छ।

समाजसेवी सकुल थापाले आँखाले देखेकाे दृष्य लाई पुस्तकमा लिपिबद्ध गरेर नेपाल र नेपालिकाे विदेश वसाई कस्ताे हुदाेरहेछ भन्ने कुरालाई मिहिन ढंगले प्रस्तुत गरेका छन। राईफल समातेर नेपाली सेनाकाे जागिरबाट सेवानिवृत्त भएका सकुल थापा कलम समातेर लेखक बन्ने प्रयासमा निरन्तर लागिपरेका छन।

थापाले यस अगाडी दुईवटा भजन संग्रह सार्वजनिक गरिसकेका छन । तेश्रो कृतिको रुपमा ‘हाम्राे देश, त्यस्तै हाेस’ पुस्तक प्रकाशन गरेका थापा २७ वर्ष नेपाली सेनामा काम गरेर सेवा निवृत्त भएपछि शब्दयात्रा प्रकाशन मार्फत लेखन र समाज सेवामा सक्रिय छन। उनि शब्दयात्रा प्रकाशनका संस्थापक मध्येका एक हुन ।

साहित्यकार हरी मञ्जुश्री अध्यक्ष रहेकाे शब्दयात्रा प्रकाशन साहित्यिक संस्थाको स्थापना हरी मञ्जुश्रीसहित सकुल थापा र रमेश पाैडेलको प्रयासमा गरिएको हो। हाल उक्त संस्था शब्दयात्रा प्रकाशनमा काभ्रेका पचास जना लब्ध प्रतिष्ठित व्यक्तिहरू आबद्द रहेर प्रभावकारी संस्थाको स्थापित भएको उक्त संस्थालाई नजिकबाट चिनेका बरिष्ठ पत्रकार केदार कोइरालाले गुरुकुल खबरलाई जानकारी दिए ।

काभ्रेकाे धनेश्वरमा जन्मिएका थापा लामाे समय देखि विश्व शान्तिका लागि आत्मज्ञान केन्द्रमा आवद्ध छन। ‘सेवानै धर्म हाे, धर्म नै कर्म हाे’ भन्ने आदर्श बाेकेर दिनदुखीकाे सेवामा समर्पित उनले आफ्नाे ६३ ओैं जन्मदिनको सन्दर्भ पारेर काभ्रे जिल्लाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयाेग पनि गरेका छन।

२८ आश्विन २०८२, मंगलवार १७:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा