कञ्चनपुर, नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि मदन उपाध्यायले सुदृढ कांग्रे निर्माणका लागि नेतृत्वको ध्यानाकर्षण गराएका छन्। कञ्चनपुरको आइबीआरडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको पार्टी बनाउन नेतृत्वले थुप्रै विषयमा ध्यान दिनुपर्ने औंल्याएका हुन्।
‘आज कांग्रेस केन्द्रीय समिति बैठक छ। उक्त बैठकमा कांग्रेसलाई वर्तमान अवस्थामा जनताको पार्टी बनाउन, देशको अभिभावकीय पार्टी बनाउन जनताको भावना बमोजिम अगाढि बढ्न आवश्यक छ,’ उनले भने। ‘पार्टी सभापति शेरबहादुर देउवामाथिको सांघातिक आक्रमणको निन्दा र खेद प्रकट गर्दै उहाँले सम्मान पूर्वक नेतृत्व हस्तान्तरण गर्नुपर्छ।
कांग्रेसमा कृष्णप्रसाद भट्टराईको छायाँ देखिने पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारि सुम्पिएर उहाँकै नेतृत्वमा महाधिवेशन गर्नुपर्छ,’ उनले भने।
विषेश महाधिवेशन आम कार्यक्रता, जनता र अहिलेको जेनजी आन्दोलन तथा युवाको भावना बमोजिम हुन सक्दैन। त्यसैले वार्डदेखि केन्द्रसम्म २० देखि ४० वर्षभित्रका ५० प्रतिशत युवाको समावेसी प्रतिनिधित्व अति आवश्यक विषय हो। यसका लागि वार्डदेखि केन्द्रसम्म नै नेपाली कांग्रेस रिफर्म र रिभ्यू गर्नका लागि नियमिति महाधिवेशन हुनुपर्छ,’ उनले भने।
कांग्रेस जनताको जनसम्पर्क बाट निकै टाढा भएको अनुभूति जनमानसमा परेको र त्यसलाई पार्टीले चिर्न सक्नु पर्ने उपाध्यायको धारणा छ। ‘यसका भातृ संस्था पनि आफ्नो काम, कर्तब्य र अधिकारबाट बिमुख भएर हुँदैन। भ्रातृ संगठन पनि विचार र भिजन भन्दा नेतालाई देवत्वकरण गरी दास बन्न प्रेरित भएको देखिन्छ। त्यसैले सबै भातृ संस्थाको वर्तमान समिति खारेज गरी नयाँ नेतृत्व चयन गर्नुपर्छ,’ उनले भने।
यसका साथै उनले पार्टीको संरचना गत तहमा पार्टीको जिम्मेवारि लिनेले सरकारको जिम्मेवारि नलिने र सरकारको जिम्मेवारि लिनेले पार्टीको जिम्मेवारि नलिने रणनीति अवलम्बन गर्नुपर्ने धारणा राखेका छन्। ‘काग्रेसमा अध्ययन गर्ने, प्रशिक्षण दिने, अनुशासन सिकाउने, नैतिकवान र देशप्रति चिन्तित नेता बन्न सिकाउनेका लागि एउटा थिङट्याङको जरुरी छ। यसका लागि एउटा महाप्रशिक्षण सिकाई केन्द्र आवश्यक छ,’ उपाध्यायले भने।
















