Play

करोडौं लगानी भएको र सैयौंलाई रोजगारी दिईएको पोखरा इभेन्ट्स सेन्टर ध्वस्त बनाइयो- शिबराज आचार्य

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएको पोखरा महानगरपालिका -७ बुलौदीमा संचालित पोखरा इभेन्ट्स सेन्टरका प्रबन्ध संचालक शिबराज आचार्यले लिजमा लिएको जग्गामा करोडौँ लगानी गरेर, सयौँ ब्यक्तिलाई रोजगारी दिने गरि संचालित इभेन्ट्स सेन्टर ध्वस्त गरिएको भन्दै पिडा व्यक्त गरेका छन।

लामो समयदेखि ब्यबसायमा संलग्न रहेपनि अहिले आएर आँफुलाई “जनप्रतिनिधिको परिवार” भएको बहानामा आँफुहरुको पसिना र श्रमलाई जलाइएको, लुटिएको र ध्वस्त पारिएको उनको भनाई छ।

उनले आँफु विभिन्न व्यवसायमा बिगत दुईदशक देखि सक्रिय रहदै आएको र सोहि क्रममा पोखराका केही उद्यमी साथिहरू संग मिलेर कोभिड महामारी आउनु अघिदेखि नै ठूलो सपनाको साथ पोखरा इभेन्ट सेन्टरको निर्माण सुरु गरेको उल्लेख गरेका छन।

अनैतिक काम गर्नेहरूको कहिल्यै भलो नहुने र सत्य दबाउन खोजे पनि सत्य सधैं सत्य नै रहने भन्दै प्रबन्ध संचालक शिबराज आचार्यले फेसबुकमा लेखेका छन ..

‘बैंकबाट करोडौँ ऋण लिएर, अपार विश्वास र उत्साहका साथ, पोखराको सार्वजनिक आवश्यकता पूरा गर्ने साझा थलो बनाउन हामि जुटेका थियौं । हाम्रो उद्देश्य स्पष्ट थियो कि पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन र प्रदर्शनीका लागि एउटा गौरवशाली स्थान निर्माण गर्ने।” आचार्यले आफ्नो फेसबुकमा लेखेका छन

पोखरा–३३ गैरागाउँमा एक असल शिक्षकका सन्तानका रूपमा हामी जन्मियौँ र हुर्कियौँ। हाम्रो परिवार विगत तीन दशकदेखि मेहनत, इमानदारी र पसिनाको भरमा विभिन्न पेशा–व्यवसायमा संलग्न रहँदै आएको छ। ३१ वर्षअघि मेरा दाजु धनराज आचार्य बिध्यार्थि राजनीतिमा सक्रिय भई तत्कालीन पृथ्वीनारायण क्याम्पसको सभापति भइसकेका व्यक्तित्व हुनुहुन्थ्यो। तर उहाँले “राजनीति पेशा होइन, सेवा हो” पेशा आफ्नो छुट्टै हुनुपर्दछ” भन्ने भनाई सहित ब्यबसाय सुरु गरेर हामीलाई राजनीतिक लाभभन्दा पनि श्रम र व्यवसायतर्फ अघि बढ्न प्रेरित गर्नुभयो।

त्यही बाटो पछ्याउँदै म पनि बिभिन्न ब्यबसाय मा बिगत २ दशक देखि सक्रिय रहदै आएको छु।यसै क्रममा म र मेरा पोखराकै केही उद्यमी साथिहरूले कोभिड महामारी आउनु अघिदेखि नै ठूलो सपना बोकेर पोखरा इभेन्ट सेन्टर निर्माण सुरु गर्यौँ। बैंकबाट करोडौँ ऋण लिएर, अपार विश्वास र उत्साहका साथ, पोखराको सार्वजनिक आवश्यकता पूरा गर्ने साझा थलो बनाउन जुट्यौँ। हाम्रो उद्देश्य स्पष्ट थियो—पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन र प्रदर्शनीका लागि एउटा गौरवशाली स्थान निर्माण गर्ने।

तर, आज मन भारी छ। त्यो इभेन्ट सेन्टर, जसले सयौँलाई रोजगारी दिएको थियो, जसले शहरको गर्व बन्ने बाटो समातेको थियो मेरा आँखा अगाडीनै आगजनी ध्वस्त मात्र भएन सम्पुण भाडाकुडा,ग्रोसरी सामाग्री, फ्रिजदेखि चम्चा र झाडूसम्म लुटेर लगिएको दृष्य फुटेज हामीसँग छ। मेहनत, पसिना र सपना—सबैलाई कसैले जानीजानी ध्वस्त पारिदियो।

मेरा दाजु महानगर प्रमुख बनेको तीन वर्ष भयो। उहाँ बस्दै आउनुभएको निजी घर त २० वर्षअघि नै बनेको हो। जुन आज पुर्ण रुपमा क्षति पुर्याएको र र सम्पुर्ण रुपमा लुटपाट गरिएको छ। त्यसरी नै इभेन्ट सेन्टर भने पुर्व मेयर मानबहादुर जिसिको पालामा कानुनी प्रक्रिया पूरा गरेर नक्सा पास गरी सुरु गरिएको प्रोजेक्ट हो। लिजको जग्गामा करोडौँ लगानी गरेर, सयौँ ब्यक्ति लाई रोजगारी दिने स्वरोजगारको थलो खडा गरेका थियौँ। तर आज, “जनप्रतिनिधिको परिवार” भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई जलाइयो, लुटियो, ध्वस्त पारियो। यो काम मा कोहि पनि आन्दोलनरत जेन जि पुस्ताको भएको देखिदैन। म पनि ब्यक्तिगत रुपमा जेजजि ले उठाएका सवालमा एक्यवद्धता जाहेर गरिरहेको ब्यक्ति हुँ। तर योजनाबद्ध रुपमा यो दुखद घटना घटाईयो।

के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो?

के नियम पालना गरेर, कर तिरेर, इमानदारीपूर्वक स्वरोजगार बन्ने र अरुलाई रोजगारी दिने अधिकार हामीसँग छैन?

आज म पोखराका दाजुभाइ दिदीबहिनीहरूसामु अपिल गर्छु—हाम्रो संघर्ष, हाम्रो श्रम, हाम्रो सपना तपाईंहरुकै हो। यसलाई नष्ट गर्ने, धमिलो पानीमा माछा मार्न खोज्ने केही समूहहरूको अनैतिक कामप्रति म हृदयदेखि खेद प्रकट गर्दछु।

स्मरण रहोस्— अनैतिक काम गर्नेहरूको कहिल्यै भलो हुँदैन। सत्य दबाउन खोजे पनि सत्य सधैं सत्य नै रहन्छ।

शिवराज आचार्य
प्रबन्ध संचालक
पोखरा ईभेन्ट सेन्टर

२८ भाद्र २०८२, शनिबार ११:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा