Play

काँग्रेसभित्र सत्ता सम्हाल्ने वा गुमाउने बहस समाप्त भयो, जनताको बिश्वास जित्न लागौं- डा. शेखर कोइराला

गुरुकुल खबर


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब काँग्रेसभित्र सत्ता सम्हाल्ने वा गुमाउने बहस समाप्त भएको भन्दै जनताको विश्वास जित्नेतर्फ लाग्नुपर्ने बेला आएको बताएका छन । जेनजी आन्दोलनका कारण मुलुकमा भएको राजनीतिक परिबर्तन र अरबौंको भौतिक संरचना सहि ५० भन्दा बढीको ज्यान गएपछि डाक्टर कोइरालाले सार्बजनिक गरेको बक्तव्यमा अब काँग्रेससँग आँसु बगाउने वा पश्चातापमा समय खर्च गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन ।

उनले पछिल्लो समय काँग्रेस नेपाली जनताको आकांक्षाअनुरूप खरो उत्रिन नसकेको स्वीकार गर्दै, अब प्रायश्चित गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । “यसका लागि गर्नुपर्ने प्रायश्चित हामी पछि पर्दैनौँ, गर्नुपर्छ,” कोइरालाले भने, “लोकतान्त्रिक इतिहासका योद्धा, नेता र सहिदलाई सम्झेर काँग्रेसले भावी बाटो तय गर्नुपर्नेछ ।”

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै उनले समाज र नयाँ पुस्ताको परिवर्तन चाहनालाई काँग्रेसले आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनका अनुसार काँग्रेस अब तत्काल अभियानमा उत्रनु आवश्यक छ । “नेपाली समाजमा परिवर्तनको तीव्र चाहना छ । हाम्रा युवा आफ्नै देशमै समृद्ध भविष्य खोजिरहेका छन्,” उनले उल्लेख गरे, “काँग्रेस त्यही चाहनाको माध्यम बन्नुपर्छ भन्ने नागरिकको अपेक्षा छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ ।”

कोइरालाले जेनजी आन्दोलनका कारण भएको सरकारको विस्थापनलाई समयको पदचापअनुसार  हिंड्न नजान्दाको परिणाम भन्दै यस क्रममा काँग्रेसतर्फबाट केही रणनीतिक कमजोरी भएको पनि स्वीकार गरेका छन । “समयको पदचापअनुरुप हिँड्न नसक्दा आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिर हुन बाध्य पार्‍यो,” उनले भने, “समाज र उर्जावान युवा एकातिर भए, तर काँग्रेसको सोच अर्कोतिर बग्यो । केही रणनीतिक गल्ती भए, हामी चुकेँ ।”

उनले जारी गरेको बक्तब्यको पूर्ण पाठ ..

२८ भाद्र २०८२, शनिबार १२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा