पोखरा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) कास्कीले बिधालयहरुमा भदौ २९ गते कुनै परीक्षा तय नभएको जनाएको छ । हालको विषम परिस्थितिमा बिधार्थीहरुको परिक्षा राखिएको भन्दै अभिभावकहरुले चिन्ता ब्यक्त गरेपछि प्याब्सन अध्यक्ष षडानन्द गौतमले एक बिज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन ।
प्याब्सन कास्की अध्यक्ष गौतमले जारी गरेको बिज्ञप्तीमा केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
निजी विद्यालय सम्बद्ध संस्थाहरुको सामूहिक निर्णय अनुसार २६ र २७ गते विद्यालय बन्द गरिएको भए पनि २९ गते के गर्ने भन्ने बारेमा केही निर्णय नभएको अध्यक्ष गौतमको भनाइ छ ।
२८ गते शनिबार बैठक बसेर आवश्यक निर्णय गर्ने भन्दै उनले कुनै भ्रममा नपर्न अभिभावकसँग आग्रह गरेका छन् ।




















