Play

हुम्लाको चंखेलीलाई त्रिकोण क्यानभासमा उतारे प्राज्ञ नगेनसिंह ठकुरीले

गुरुकुल खबर


हुम्ला, नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने लक्ष सहित देशभर यात्रा गरिरहेका प्राज्ञ नगेनसिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेर आंफ्नो कलायात्रालाई निरन्तरता दिएका छन। हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ दार्मा गाउँमा पुगेर उनले कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई आफ्नो “त्रिकोण क्यानभासमा”उतारेका जनाएक छन्।

चंखेलीलाई क्यानभासमा उतार्दै उनले भने,” चंखेली अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पुर्याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।” चंखेली केन्द्रमा आयोजित लाईभ–चित्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, वडा अध्यक्ष वृष बहादुर सिंह, चंखेली शिक्षक संघका अध्यक्ष जगत बहादुर शाहीसहित स्थानीयवासीहरु पनि सहभागी थिए।

स्थानियहरूले चंखेलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराएपछि ठकुरीले आफ्नो क्यानभासमा उतारेको चंखेली विश्वमञ्चमा चिनिने भन्दै स्थानीयहरूलाई विश्वस्त रपारेका थिए ।

चंखेली गाउँपालिका अध्यक्ष शाहीले “दार्मा गाउँ र निग्ल हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै चंखेलीकै ठूलो उपलब्धि हो” भन्दै प्रकृतिसँग रमाउन चाहने पर्यटन थप आकर्षित हुनेमा आशावादी रहेको बताए। ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसकेको बताउंदै आएका छन्।

उनकाे लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ। उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उनले बताए। यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य कलाकार ठकुरीको छ।

वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उनले लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् । यसै सक्रियताका कारण नै उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेका छन्।

स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उनी २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसकेका छन्। उनले प्राप्त गरेका सम्मान नै उनकाे कलायात्राको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो।

उनको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५ सय ६१ जना प्रकाशकका नाम समावेश छन्। करिब ५ लाख नेपालीको सहभागिता गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ। यसै १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ । साथै अहिलेसम्म १०० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको उनले जनाए।

७ मंसिर २०८२, आईतवार ११:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा