पोखरा, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारको मागलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रिया मार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडी बढ्नुपर्नेमा जोड दिएको छ। पापडको तर्फबाट बुधबार जारी बिज्ञप्तीमा हाल उत्पन्न विषम परिस्थितिलाई सुरक्षित अवतरण गरि शान्ति र लोकतन्त्रलाई सुदृढ गर्दै लैजानुको विकल्प नरहेकोमा जोड दिईएको छ।
बिज्ञप्तीमा नेपाल इन्जिनियर्स एसोसिअसनका अध्यक्ष ई. सुबासचन्द्र बराल, नेपाल बार एसोसिअसनका अध्यक्ष बरिष्ठ अधिबक्ता प्रा.डा. बिजय प्रसाद मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, नेपाल प्राध्यापक संघका अध्यक्ष रमेश प्रसाद जोशी र नेपाल शिक्षक महासंघका अध्यक्षले हस्ताक्षर गरेका छन।
बिज्ञप्तीको पूर्ण पाठ यसप्रकार रहेको छ।





















