Play

पोखरा लगायत काठमाडौँमा बिधालयहरु मंगलवार बन्द हुने, बिधार्थी समेतको निधनमा दुईदिन शोक मनाईने

गुरुकुल खबर


पोखरा, जेनजी आन्दोलनका क्रममा काठमाडौँ लगायतका विभिन्न स्थानमा युवासहित विद्यार्थीको ज्यान गएपछि कास्की जिल्लामा संचालित निजि विद्यालयहरुले मंगलबार बिधालय बन्द रहने घोषणा गरेका छन् । निजि बिधालयको संस्था प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमका अनुसार सोमबार दिनभर प्रदर्शनका क्रममा विद्यार्थी र अभिभभावक समेत अलमलमा परेकाले मंगलबार एक दिनका लागि बिधालय बन्दको निर्णय गरिएको हो।

कास्कीमा रहेका निजी क्षेत्रका सबै विद्यालयहरु १० जोड २ र मन्टेश्वरीहरु समेत बन्द रहने उनले बताए मंगलवार एक दिन बिधालय बन्दको घोषणा गरिएपनि आगामी दिनमा के कसरि अगाडी बढ्ने सम्बन्धमा निजि बिधालयका संचालकहरुको बैठक मंगलवार नै बस्ने र निर्णय लिईने भएको छ ।

निजी क्षेत्रका शिक्षण संस्थाहरुसंग सम्बन्धित बिभिन्न संस्थाहरूले दुई दिन शोक विदा दिने घोषणा समेत गरेका छन्।  एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते विद्यालय बन्द गरी दिवंगतप्रति श्रद्धाञ्जली स्वरूप शोक विदा गर्ने जनाएका छन् । यसैगरी काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगर भित्रका सबै शिक्षण संस्थाहरु तिन दिनसम्म बन्द गर्ने सूचना सोमबार नै जारी गरिसकेको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीको निधन हुनु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै मृत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । साथै उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । “यस अकल्पनीय घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ।” विज्ञप्तिमा भनिएको छ। “सबै पक्ष संयमित र धैर्यवान रही सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गर्नुपर्ने आवश्यकता छ।”

२४ भाद्र २०८२, मंगलवार ०७:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा