Play

डिजिटल प्लेटफर्मको प्रयोग पार्टीको हितमा प्रयोग गर्न सभापति देउवाको आग्रह

गुरुकुल खबर


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका चुनौतीको उपयुक्त समाधान खोज्दै नागरिकलाई  डिजिटल प्लेटफर्मका कारण असुरक्षित हुने अबस्था आउन नदिन सरकार र सरोकारवाला निकायहरूले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै देउवाले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताए उनले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरू प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

यसै सन्दर्भमा उनले डिजिटल प्लेटफर्मको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर समेत पुर्याएको कारण डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा अधिबक्ता बाबुराम अर्याल, डा भूमिराज चापागाईं र साइबर बिज्ञ यस्मीन भट्टराईले डिजिटल प्लेटफर्मको प्रयोग, अवसर र सम्भावना सहित चुनौतीको बारेमा जानकारी गराएका थिए।
सोहि कार्यक्रमको समापन समारोहमा बोल्दै पार्टीका महामन्त्री गगन थापाले अहिलेको युगमा डिजिटल प्लेटफर्मको उपयोग सबैको लागि बाध्यता जस्तै बनेको भन्दै अब कांग्रेसको सबै तहका नेता र कार्यकर्ताले यसको प्रयोग पार्टीको हितमा गर्न जान्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान आधुनिक युगमा डिजिटल मिडिया र माध्यमको पहुँच नै बलियो रहेको भन्दै यसको प्रभावकारी उपयोग आवश्यक भएकोमा जोड दिए । उनले सबै डिजिटल माध्यम मिडिया हैनन् भन्दै डिजिटल माध्यमबाट प्रभावित वर्तमान समुदाय र समाजलाई पार्टीको गतिविधि र सकरात्मक सन्देश सम्प्रेषणमा प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए ।
उक्त कार्यक्रममा पार्टीका सहमहामन्त्री, महालक्ष्मी उपाध्याय डीना, पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा लगायतले उद्घाटन समारोहमा आआफ्नो भनाई राखेका थिए ।

३१ श्रावण २०८२, शनिबार १८:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा