Play

पर्बतारोहण संघको चुनाब नजिकिंदै, कांग्रेस-एमाले र एमाले-माओबादीको छुट्टाछुट्टै प्यानल चुनाबी मैदानमा

कांग्रेस - एमाले प्यानलबाट गुरुङ र एमाले - माओबादी प्यानलबाट शेर्पाको प्यानल चुनाबी मैदानमा


गुरुकुल खबर


काठमाडौँ, नेपाल पर्वतारोहण संघ (एनएमए)को केन्द्रीय कार्यसमिति निर्वाचनको क्रममा प्रमुख राजनीतिक दल समर्थक ब्यबसायीहरु विभाजित भएर चुनाबी अभियानमा जुटेका छन। आगामी भदौ ७ गते काठमाडौँमा हुने निर्बाचनको लागि नेपाली काँग्रेस र नेकपा एमाले समर्थकहरुको एक प्यानल र नेकपा एमाले र नेकपा माओबादी समर्थकहरुको अर्को समूह प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन। निर्वाचन समितिले आगामी भदौ ७ गतेका लागि निर्वाचनको मिति तोकेसँगै पर्यटन व्यवसायीहरू दुई शक्तिशाली प्यानलमा विभाजित भएर चुनावी मैदानमा उत्रिएका छन् ।

संघको अध्यक्ष पदका लागि नेपाली काँग्रेस निकट रहेका कुलबहादुर गुरुङलाई नेपाली काँग्रेस र नेकपा एमालेको एउटा समुहले समर्थन गरेर उनको नेतृत्वको प्यानल बनाएको छ भने नेकपा एमालेको अर्को समूह र नेकपा माओबादी समेतको समर्थनमा गेल्जे शेर्पाको नेतृत्वमा अर्को प्यानलबनेको छ यतिबेला दुवै प्यानल चुनाबी मैदानमा उत्रिएका छन।

निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत १७ सदस्य पदका लागि भदौ ७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुरतर्फका चार सदस्य पदका लागि भने भदौ ८ गते छुट्टै मतदानको व्यवस्था मिलाइएको छ । दुवै प्यानलले आ–आफ्ना उम्मेदवारहरूको सूचीसहित प्रचारप्रसार तीव्र पारेका छन् । विगतमा जस्तै यसपटक पनि राजनीतिक दल निकट व्यवसायीहरू प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा निकै रोचक बनेको भएपनि नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको कुल बहादुर गुरुंगको समूह बलियो बन्दै गएको कतिपयको भनाई छ।

गुरुङ र उनको प्यानलमा को को ?

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । २०३२ सालमा धादिङको रुबीभ्यालीमा जन्मिएका गुरुङ विगत साढे तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित छन।  एलायन्स ट्रेक्स एण्ड एक्स्पेडिसन प्रालिका प्रबन्ध निर्देशक गुरुङले नेपाल पर्वतारोहण संघको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन (टान) मा समेत उनले केन्द्रीय कार्यसमिति सदस्य र द्वितीय उपाध्यक्ष जस्ता पदमा रहेर काम गरिसकेका छन् । गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनको विकास र विस्तारको पक्षमा लबिङ गर्दै आएको कारण पनि गुरुङको सम्भावना बलियो रहेको अनुमान धेरैले गरेका छन।

गुरुङको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुनी लामा रहेका छन् । सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा छन् ।

शेर्पा र उनको प्यानलमा को को ?

नेकपा माओवादी निकट र नेकपा एमालेको अर्को समूहले फुर गेल्जे शेर्पाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा उम्मेदवार बाल्यकालदेखि नै ट्रेकिङ र आरोहण क्षेत्रमा सक्रिय छन् । उनले ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् ।  उनले सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य र पछि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेकोले शेर्पा पनि कमजोर नरहेको कतिपयको भनाइ छ।

शेर्पाको प्यानलको वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा  राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्ब शेर्पा रहेका छन् । सदस्यहरूमा डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल छन् ।

३१ श्रावण २०८२, शनिबार १५:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा