Play

‘नेपालको विकासमा एआईको प्रयोग’ सम्बन्धमा नेपाली काँग्रेसले विशेष छलफल गर्दै

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ। पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार हुने कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।  छलफल कार्यक्रमको अध्यक्षता गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् ।

कार्यक्रममा एआईको सम्भाव्यता, उपयोग र चुनौतीहरूबारे टुटलका संस्थापक तथा उद्यमी इञ्जिनियर शिक्षित भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाण्डौं विश्वविद्यालयका प्रा. डा. सुदन झा, प्रधानमन्त्री कार्यालयअन्तर्गत ई-गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर दिपेश विष्ट तथा नेपाली कांग्रेसको प्रविधि विभाग सदस्य इञ्जिनियर उज्ज्वल कोइरालाले प्यानल छलफलमा सहभागी हुनेछन् ।

कार्यक्रममा नेपालको विकासमा एआईसम्बन्धी नीति निर्माण, पूर्वाधार विकास, शिक्षादेखि रोजगारीसम्मका प्रभावबारे समग्र दृष्टिकोणमा छलफल हुने वुभाग संयोजक मिश्रले बताएकी छन् । कांग्रेसले एआईसम्बन्धी बृहत छलफल पहिलोपटक गर्न लागेको हो ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा कार्यक्रम गरिन थालेको भएपनि पार्टीको सूचना, संचार तथा प्रचार बिभागले समेत उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन आबश्यक सहकार्य गरेको र कार्यक्रमका लक्षित सहभागी जुटाउन आबश्यक समन्वय गरिएको प्रचार विभागका प्रमुख मिन बिश्वकर्माले गुरुकुल खबरलाई जानकारी दिए।

कार्यक्रममा पार्टीका नेता एबम प्रचार बिभाग प्रमुख मिन बिश्वकर्मा, परराष्ट्र मन्त्री आरजु राणा देउबा, महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति द्वय धनराज गुरुङ र पूर्णबहादुर खडका लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

११ श्रावण २०८२, आईतवार ०८:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा