Play

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ

गुरुकुल खबर


काठमाडौँ, संचार तथा सुचना मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्दै एआईको कारण प्राप्त हुने उपलब्धिहरूको लाभ सबैलाई दिनुपर्ने कुरामा जोड दिएका छन। चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही शनिबार सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।”

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने समेत बताए।

उनले भने, “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।“ सम्बोधनका क्रममा मन्त्री गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताए।

उनले भने, “नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।” मन्त्री गुरुङले नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन भएको समेत स्पष्ट पारे।

हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्। “ करिब एक हजारभन्दा अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले एआईको क्रममा मानवता बिना प्रविधि अराजक र नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने बुझ्नुपर्नेमा समेत जोड दिए । याउँछ। हामी सबै राष्ट्रहरू — ठुला र साना — लाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ।एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो। “

१० श्रावण २०८२, शनिबार १७:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा