Play

लेखनाथका कांग्रेस कार्यकर्ता चन्द्रबहादुरको निधन, महेश्वर र प्रदिपलाई पितृशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२६ भट्टेथर घर भएका नेपाली काँग्रेसका सदस्य चन्द्रबहादुर राजभाटको निधन भएको छ । राजभाटको ६४ बर्षको उमेरमा शनिबार निधन भएको हो ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका -२६ का सभापति शिबबहादुर रानाभाटका अनुसार राजभाटका छोराहरु महेश्वर राजभाट र प्रदिप राजभाट दुवैजना नेपाली काँग्रेसका क्रियाशील सदस्य हुन्।

यसैबीच नेपाली काँग्रेस पोखरा महानगरपालिका -२६ कार्यसमितिका सभापति शिबबहादुर रानाभाटले चन्द्रबहादुर राजभाटको निधनले एक कुशल सामाजिक एबम राजनीतिक कार्यकर्ता गुमेको र नेपाली कांग्रेसलाई समेत क्षती पुगेको बताएका छन।

कांग्रेसका वडा सभापति रानाभाटले छोराहरु महेश्वर र प्रदिप तथा बुहारीहरू सिता र कमला सहित परिवारजन प्रति समबेदना पनि प्रकट गरेका छन ।

स्थानीय कांग्रेस नेता गिरिराज गौतमका अनुसार मिलनसार र इमान्दार तथा सरल स्वभावका चन्द्रबहादुरले लामो समय पृथ्वीराजमार्ग बस संचालक समितिमा कर्मचारीको रुपमा काम गरेका थिए।

राजभाटको शनिबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो। उनको शबमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एबम पूर्व मन्त्री यज्ञबहादुर थापा र कांग्रेस महाधिबेशन प्रतिनिधि गिरिराज गौतमले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्दान्जली प्रकट गरेका थिए ।

 

२२ असार २०८२, आईतवार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा