पोखरा, म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका – ३ का गर्बे पाइजा मगरलाई घरको पिंढीमा बाँधेर बन्चरोले हानेर हत्या गरेका दुईजना २५ बर्षपछि काठमाडौँबाट पक्राउ परेका छन।
२०५७ साल कार्तिक २८ गते गर्बे पाईजाको हत्या गरिएकोमा हत्याको २५ बर्षपछि सोहि गाउँ पालिका -३ का ५० बर्षीय दुर्गानारायण बुढा र ४९ बर्षीय पर्सबहादुर बुढालाई पक्राउ गरिएको हो ।
म्याग्दी जिल्ला अदालतको २०६६ असोज २६ गतेको फैसलाले दुर्गा नारायणलाई २० बर्ष र सोहि अदालतको २०५९ फागुन २५ गतेको फैसलाले पर्स बहादुरलाई पनि २० बर्षको जेल सजायं तोकेको थियो।
दुवै जना लामो समय देखि फरार रहेकोमा गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८२ असार २२ गते काठमाडौँको तारकेश्वर नगरपालिका -१ मा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको बुझिएको छ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दीमा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले गुरुकुल खबरलाई जानकारी दिए ।