Play

कास्की आदर्श समाज बहराईनको तेश्रो अधिवेशन, पूर्णबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गुरुकुल खबर


बहराइन, कास्की जिल्लाबाट बहराइनमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज बहराइनको तेश्रो अधिबेशन एबम छैटौं बार्षिकोत्सब शुक्रबार सम्पन्न भएको छ। बहराइन र नेपालको राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको अधिबेशनले पूर्णबहादुर परियार अध्यक्ष रहेको २१ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको छ।

नबनिर्बाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा लक्ष्मी क्षेत्री, द्वितीय उपाध्यक्षमा बिमल थापामगर, तृतीय उपाध्यक्षमा रबिराज पौडेल, महा सचिबमा कमल कुँवर, सचिवमा मान बहादुर पौडेल क्षेत्री, सहसचिवमा हरि प्रसाद देवकोटा, कोषाध्यक्षमा प्रेमराज पौडेल, सह-कोषाध्यक्षमा राजु थापा निर्बाचित भएका छन्।

समितिको महिला संयोजकमा संजना सुनार (सन्जु), युवा संयोजकमा सन्तोष न्यौपाने, ब्यबस्थापन सचिवमा इन्द्र बहादुर गुरूङ्ग तथा कार्यसमितिको सदस्यहरुमा सूर्य कामी, शीला कार्की, राम बहादुर रानाभाट, सुनिता परियार, इन्द्र प्रसाद अधिकारी, मिलन गुरूङ्ग, मनिषा तिवारी कुँवर, जीवन रानाभाट र नारायण ओझा पनि निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिका संयोजक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

समाजका अध्यक्ष तिर्थ बहादुर भण्डारीको अध्यक्षता र नेपाली राजदुतावास बहराईनका श्रमसहचारी सुनिता थापाको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन तथा बार्षिकोत्सब समारोह सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले कास्की आदर्श समाज बहराइनले आफ्नो स्थापनाकाल देखि नै बहराईनमा मात्र नभएर आफ्नो गृह जिल्ला कास्कीमा पनि उल्लेख्य सामाजिक एबं परोपकारी कार्यहरू गरेको भन्दै प्रशंसा गरिन।

कार्यक्रममा समाजका संरक्षक शंकरमान गुरूङ, प्रमुख सल्लाहकार प्रेम बहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ मध्य पूर्व उपसंयोजक लाल प्रसाद पून, नेपाली क्लब बहराइनका अध्यक्ष दिपक गुरूङ, गैर आवासीय नेपाली संघ बहराईनका अध्यक्ष राजु कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बहराईनका सभापति पदम सुन्दर गुरूङ, प्रवासी नेपाली मञ्च बहराइनका अध्यक्ष चन्द्र गुरूङ, जनप्रगतिशिल मञ्च बहराइनका अध्यक्ष रामु काफ्ले, नेप्लीज वेलफेयर सोसाइटी बहराइनका अध्यक्ष अमर श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष बीरेन्द्र तुम्बापो, गैरआवासीय नेपाली संघका आईसिसि सदस्य बीरेन्द्र बुढाथोकी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आआफ्नो भनाइ सहित समाजका गतिबिधिको सराहाना गरेका थिए ।

समाजका महासचिव रबिराज पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष पूर्ण बहादुर परियार, प्रमुख सल्लाहकार प्रेमबहादुर क्षेत्रीले संस्थाका बिबिध गतिबिधिबारेमा प्रकाश पारेका थिए भने महासचिब पौडेल र कोषाध्यक्ष कमल कुँवरले समाजको बार्षिक एबम आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। कलाकारद्दय रामजी गुरूङ र रेजिना छिनालले कार्यक्रमको प्रारम्भमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

“कस्केलीको एकता, आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने नाराका साथ २०१९ को जुलाई ५ मा बहराइनमा कास्की आदर्श सेवा समाजको स्थापना गरिएको थियो।

– सन्तोष अधिकारी 

२२ असार २०८२, आईतवार १८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा