Play

पुर्व प्रधानमन्त्री ओली, दाहाल र देउवाको साथै पुर्वमन्त्री राणा र खड्कामाथि सम्पत्ति सुद्धिकरणमा अनुसन्धान गरिंदै

गुरुकुल खबर


काठमाडौँ, नेपालका तीनजना पूर्वप्रधानमन्त्रीसहित दुईजना पूर्वमन्त्री र तिनका परिवारको सम्पत्तिमाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको साथै पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको बुझिएकोछ। यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको श्रोतले जनाएको छ।

विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको छ। गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा पूर्वप्रधानमन्त्री देउवा र दाहाल तथा पुर्व मन्त्री खड्काका घरमा आन्दोलनकारीहरुले गरेको आगजनीमा जलेका नोटका टुक्रा भेटिएका थिए। त्यसपछि उनीहरूमाथि अनुसन्धान अघि बढाउँदै विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पठाएको बुझिएको छ।

१५ चैत्र २०८२, आईतवार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा