Play

अमेरिकाको टेक्सासमा बाढीका कारण पचासको मृत्यु, बेपत्ताहरुको खोजिमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

गुरुकुल खबर


अमेरिका, अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको करिब ५० पुगेको छ । बिबिसीले हालसम्म ४३ जनाको मृत्यु भएको जनाएपनि सिएनएनले भने मृत्यु हुनेको संख्या ५० पुगेको जनाएको छ।

मेरिकाको टेक्सासमा बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको र बाढीका कारण २७ बालबालिका बेपत्ता टेक्सासका गभर्नर जर्ज एबोटलाई उधृत गर्दै सिएनएनले जनाएको छ ।

प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म आठ सय भन्दा बढीको उद्धार गरिएको जनाएको छ । त्यस्तै बेपत्ताको खोजीका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ ।

बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ ।

मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्सासमा बाढीको अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ ।

सयौँ उद्धारकर्मीहरू बेपत्ता भएकाहरूको खोजीमा खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले ‘सबै जना नभेटिएसम्म खोजी कार्य जारी रहने’ प्रतिज्ञा गरेका छन्।

दोस्रो रात पनि खोजी कार्य जारी रहँदा, काउन्टी अधिकारीहरूले नदी किनारमा रहेको एक युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता रहेको बताएका छन्।

केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ।

मध्य टेक्सासका लागि सप्ताहन्तभरि बाढीको चेतावनी जारी गरिएको छ। शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबोटले खोजी कार्यलाई तीव्रता दिनका लागि विस्तारित आपतकालीन घोषणामा हस्ताक्षर गरेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले स्थानीय अधिकारीहरूसँग मिलेर आपतकालीन अवस्थामा नजिकबाट काम गरिरहेको बताएका छन्। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सङ्घीय सरकारले खोजी कार्यमा सहयोग गर्न कोस्ट गार्ड खटाउने जानकारी दिइन्।

मौसमविद्हरूले मध्य टेक्सासमा यस सप्ताहन्तमा थप बाढी आउन सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) ले उक्त क्षेत्रमा शनिबार ५ सेन्टिमिटरदेखि १२ सेन्टिमिटरसम्म वर्षा हुन सक्ने बिबिसीले जनाएको छ।

२२ असार २०८२, आईतवार १०:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा