पोखरा, केहि बर्षदेखि अमेरिकामा बस्दै आएका पोखरा महानगरपालिका -२५ हेमजाका विश्वराज बाँस्तोलालाई पोखरामा एक कार्यक्रमको आयोजना गरि सम्मान र बधाई सहित अमेरिका यात्राको लागि बिदाई पनि गरिएको छ। बाँस्तोला अघिल्लो महिना काठमाडौँमा सम्पन्न गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समितिको अधिबेशनबाट उत्तर दक्षिण अमेरिकाको उप क्षेत्रिय संयोजकमा निर्बिरोध निर्बाचित भएका थिए ।
बास्तोलाले अमेरिकामा रहेर सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै अमेरिका स्थिय्त सिआईसीए विश्वबिद्यालयले उनलाई मानार्थ डाक्टरको उपाधि समेत प्रदान गरेको छ। उनि करिब दुई महिना नेपाल बसेर अमेरिका फर्किने तयारीमा रहेकोले पोखरामा रहेका नेपाली काँग्रेस सम्बद्ध साथिहरुले स्वतस्फुर्त रुपमा बिदाइ गरेका थिए।
नेपाली जनसम्पर्क समिति अमेरिकाको नेताको रुपमा समेत क्रियाशील रहँदै आएका बाँस्तोलाले आँफु बस्ने ठाउँ न्यूयोर्कको लंगआइल्याण्ड क्षेत्रमा रक्तदान सहित बिभिन्न सामाजिक काम गर्दै आएकोले उनको कामलाई सम्मान गरेर स्थानीय नगरपालिकाले ‘ विश्वराज बाँस्तोला डे’ घोषणा गरि सोहि दिन रक्तदान लगायतका सामाजिक काम गर्दै आएको छ। त्यसका लागि उनै बाँस्तोलाको नेतृत्वमा रहेको बिटी फाउन्डेसनले सिसिएनसी अमेरिकासंग सहकार्य गर्नुको साथै अमेरिका र नेपालमा बिभिन्न शैक्षिक र सामाजिक काम समेत गर्दै आएको छ।
सोहि कार्यक्रममा बाँस्तोला सहित पोखरामा घर भएपनि लामो समय देखि अमेरिकामा रहँदै आएका नेपाली जनसम्पर्क समितिका संस्थापक एबम जयनेपाल इन्टरनेसनल फाउन्डेसनका संस्थापक विश्वनाथ बराल र बांस्तोलाकी धर्मपत्नी लक्ष्मी बाँस्तोलालाई पनि खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा बाँस्तोलाको र बरालले राजनीतिक एबम सामाजिक रुपमा गरेको योगदानको बारेमा नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका गंगाधर पराजुलीले जानकारी गराएका थिए । नेपाली काँग्रेसको केन्द्रीय प्रचार विभागका अर्का सदस्य राजबहादुर गुरुंगको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका कार्यवाहक सभापति समेत रहेकी प्रदेश सांसद कल्पना तिवारी, प्रदेश सांसदहरु प्रकाश बराल, डिल्लीराम सुवेदी, सरस्वती गुरुङ, डिलमाया पौडेल र सुनिता थापा लगायतले बास्तोलाको सामाजिक, राजनीतिक तथा शैक्षिक योगदानको बारेमा चर्चा गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, नेपाली कांग्रेस कास्की- ३ का सभापति मनोज गुरुंग, नेपाली कांग्रेस कास्कीका नेता पोषनाथ शर्मा, महासमिति सदस्य ऋषि काफ्ले, नेताहरु पुरुषोत्तम पराजुली, शिरोमणि बराल, ललित गुरुङ, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्री, सिर्जना वहिरा माविका प्रधानाध्यापक सुनिल भण्डारी, क्षेत्रिय सहसचिब शितल अधिकारी, कांग्रेस क्षेत्र नं. ३ का प्रवक्ता महेश तिमिल्सिना, भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माधव सिग्देल, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयका मुख्य सचिब पदम श्रेष्ठ लगायतले शुभकामना भनाई राखेका थिए।
यसैगरी नेपाली कांग्रेसका महिला नेतृहरू एबम जनप्रतिनिधिहरु शान्ति गुरुङ, रंसु गुरुङ, सुचिता तामाङ, सवि परियार, भिममाया आले, कोपिला बास्तोला लगायतले पनि बास्तोलाको अमेरिका यात्राको शुभकामना सहित उनलाई बधाई ज्ञापन गरेका थिए ।