Play

टीपीएसको आधारमा अमेरिका बसिरहेका सातहजार बढी नेपालीको भबिष्य के होला?

गुरुकुल खबर


अमेरिका,  अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था (टीपीएस) प्रणाली खारेज गरेसंगै टीपीएस सुविधामा अमेरिकामा बस्दै आएका करिब सात हजार नेपालीले विकल्प खोज्नुपर्ने भएको छ अमेरिकाले अबको दुई महिना भित्र अर्थात अगष्ट ५ तारिख सम्ममा कि त अमेरिका छोड्न कि त अमेरिकामै बस्ने हो भन अन्य स्टाटस परिबर्तन गर्न सर्कुलर जारी गरिसकेको छ अमेरिकी सरकारको यस्तो निर्णयसंगै अमेरिकामा रहेका कानुन ब्यबसायीहरुले समेत सोहि किसिमको सल्लाह दिएको छन ।

“नेपालीको टीपीएस खारेज भएको अवस्थामा देश फर्किने वा अन्य स्टाट्समा जाने प्रकृया सुरू गर्नु वाहेक अरु विकल्प देखिएको छैन,” इमिग्रेशन सम्बन्धी कानुन व्यवसायी बासु फुलाराले भने । यसरी टीपीएसमा मात्र हुनेले इमिग्रेशन सम्वन्धि जानकारलाई सम्पर्क गरेर निर्णय गरिहाल्नुपर्ने उनको भनाइ छ ।

टीपीएसमा रहेका तर युएससीआईएस वा अदालतमा पेन्डिङ्ग केश रहेका नेपालीलाई भने केही नहुने फुलाराले जानकारी दिए । “पेन्डिङ्ग केस नसकिँदा सम्म पर्खिन सकिन्छ,” उनले भने “तर, यस्ता नेपालीले नेपाल आउजाउ गर्न भने मिल्दैन ।”

टीपीएसको आधारमा मात्र अमेरिकामा बसिरहेका विद्यार्थीले कलेजमा गएर पुनः विद्यार्थी भिसा एफ वानमा फर्किन प्रकृया शुरु गर्नुपर्नेमा उनले जोड दिए ।
“कलेजले प्रकृया पुरा गरे पछि पुनः अर्को आई ट्वेन्टी दिन्छ यसका आधारमा फेरी एफ वान स्ट्याट्समा फर्किन सकिन्छ,” उनले भने “कतिपय विद्यार्थीले यस्तो गर्नु भएको पनि छ । पुलिस केशमा पर्नेहरुलाई भने यसरी फर्किन कठिन हुनेछ ।”

नेपालमा २०१५ मा भुकम्प आएपछि नेपालीलाई टीपीएस सुविधा दिएर अमेरिकामा निरन्तर बस्ने सुबिधा मिलेको हो। यस सुविधा अनुसार अमेरिकामा रहेका नेपालीले अमेरिकामा बस्न, नेपाल आउजाउ गर्न र काम गर्न पाएका थिए । नेपालको अवस्था परिवर्तन भइसकेको भन्दै करिब १० वर्ष पछि अमेरिका सरकारले नेपालीले पाएको टीपीएस खारेज गर्ने निर्णय गरेको हो ।

अहिले करिब साढे सात हजार नेपाली टीपीएस सुबिधाको आधारमा अमेरिकामा बसोबास गरिरहेको तथ्यांक रहेको छ । जसमध्ये आधा जतिले अन्य स्ट्याट्समा जान प्रकृया सुरू गरिसकेको अनुमान गरिएको छ ।

अमेरिकाको अदालतले विभिन्न स्ट्याट्समा जान फाइल गरेको केस सकिएका नेपाली करिब तीन हजार छन् । यी मध्ये कतिपय टीपीएस भएकाले मात्र यहाँ बस्न पाएका छन् । टीपीएसमा भएका यस्ता नेपालीले पनि तत्काल कानुन व्यवसायीसँग परामर्श गर्न उपयुक्त हुने उनको सुझाव छ ।

“अगष्ट ५ पछि टीपीएसमात्र मात्र हुनेको ठेगानामा होमल्याण्ड सेक्युरिटीजले पत्र पठाउन सक्छ,” फुलाराले भने “यो अलि संवेदनशील अवस्था हो यसलाई गम्भिर रुपमा लिनु पर्छ ।”

टीपीएस मात्र भई नेपाल फिर्ता जान चाहनले अमेरिकी सरकारको सीबीपी होम मोबाइल एप्लिकेसनमा गई स्वफिर्ताको घोषणा गर्न सकिन्छ । फर्किन चाहनेले यो प्रकृया पुरा गर्दा राम्रो हुन्छ केही सुविधा पनि पाउन सकिने उनले बताए ।

२४ जेष्ठ २०८२, शनिबार २१:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा