पोखरा, कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका पुर्ब अध्यक्ष एबम जिल्ला सहकारी संघ लिमिटेड कास्कीका पुर्ब लेखा संयाेजक सुदिप ढकाललाई पत्नीशोक परेको छ।
उनकी धर्मपत्नी दुर्गा ढकालको ४३ बर्षको उमेरमा अकल्पनीय निधन भएको कास्की जिल्ला सहकारी संघका संचालक सदस्य सबिना अधिकारी क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिईन ।
सहकारी अभियन्ताको रुपमा परिचित सुदिप ढकाल लामो समयदेखि पोखराको महेन्द्रपुलमा कार्यालय रहेको बिशाल बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन। त्यस अगाडी उनले गरिमा विकास बैंकमा समेत केहि समय काम गरेका थिए।
२४ जेष्ठ २०८२, शनिबार ०८:०६ मा प्रकाशित