Play

मैले कुनै बेठिक काम गरेको छैन, त्यस्तो भएको भए कर्मचारीबाट भयो होला – माधव नेपाल

गुरुकुल खबर


पोखरा, पुर्ब प्रधानमन्त्री एबम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताएका छन् ।  गृह जिल्ला रौतहटमा रहेका पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुन सक्ने प्रतिक्रिया दिए ।

‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उनले भने, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला । मेरो संलग्नता छैन ।’ नेपाली जनता स्वस्थ रहुन् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ ।

‘कसैले कसरी के–के लुपहोल्सहरू राख्यो, त्यो लुप होल्समा ध्यान पुग्यो पुगेन, यावत कुराहरूको बारेमा राम्ररी नबुझी म केही भन्न सक्दिनँ,’ उनले थपे, ‘मैले त आफ्नो तर्फबाट कुनै बेठिक काम गरेको पनि छैन । मेरो त दिमागमा पनि रहेको पनि होइन ।’ उनले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताए । ‘मैले बदमासी गरेको हुनुपर्‍यो नि डराउनलाई । मैले कुनै अनुचित काम गरेको छैन । र, मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले अगाडि भने ।

पूर्वप्रधानमन्त्री नेपालले काठमाडौं गएपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर थप धारणा सार्वजनिक गर्ने बताए ।

२२ जेष्ठ २०८२, बिहीबार १५:४० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा