Play

अख्तियारको मुद्दापछि माधव नेपालको सांसद पद निलम्बन, समाजबादी र अन्य दलका नेताहरु छलफलमा जुट्दै

पुर्ब प्रम नेपाल सहित ९३ जना बिरुद्द अभियोगपत्र, नेपाल बिरुद्ध १८ करोड ५८ लाख बिगो मागदाबी


गुरुकुल खबर


काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसमेतको संलग्नता देखिएको जिकिर गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यसलाई लिएर विभिन्न प्रतिक्रियाहरु सार्बजनिक भएका छन। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारले मुद्दा दायर गरे संगै उनको सांसद पद पन इ निलम्बनमा परेको छ

तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावमार्फत् कानुनी प्रक्रिया नपुगी पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिलाएकोदाबी गर्दै अख्तियारले पुर्ब प्रधानमन्त्री नेपाल सहित ९३ जना बिरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित आरोपपत्र दायर हो ।  ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार भएको अख्तिायारको भनाइ छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।  संसद् भवन नयाँ बानेश्वरमा एकीकृत समाजवादीका नेता तथा सांसदहरू नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका नेताहरूसँग छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए । संसद् भवन बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादीका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका प्रकाश ज्वाला लगायत छलफलमा जुटेका छन् ।

नेपालको इतिहासमै पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस घटनालाई लिएर कतिपय दलका नेताहरूले न आश्चर्य प्रकट गरेका छन् । बिहीबार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपिठको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

यसैबीच एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘यो घटनाबारे भर्खर सुनियो, यसबारेमा पार्टीभित्र पनि कुनै छलफल भएको छैन, घटनाक्रमको समग्र जानकारी पनि प्राप्त भैसकेको छैन । तर घटना धेरै दुःखद छ’,भन्ने प्रतिक्रिया दिएका छन । उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ‘के भएको हो ? कसो हो ? पूर्वाग्रह हो वा अन्य केही छ तर पूर्व प्रधानमन्त्रीमाथि मुद्दा लागेको घटना नेपालकै इतिहासमा यो पहिलो हो’, खनालले भने, ‘विषय बडो गम्भीर हो । यस्ता कुरामा हचुवामा टिका टिप्पणी गर्नु राम्रो होइन ।’

अख्तियारले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि पतन्जलीले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा नेपालसमेत ९३ जनाले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित आरोपपत्र दायर हो ।

मन्त्रिपरिषद्को २०६६ साल फागुन ६ गतेको बैठकबाट पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। त्यसअनुसार तत्कालीन मुख्यसचिव माधव प्रसाद घिमिरेले मालपोत कार्यालयलाई पत्राचार गरी निर्णय कार्यान्वयन गराएको अख्तियारले उल्लेख गरेको छ । यो निर्णय २०६६ साल माघ १८ गतेको विधेयक समितिको निर्णय कार्यान्वयन गर्नुअघि नै भएको देखिएको अख्तिायरको भनाइ छ ।

पतञ्जलीले सो जग्गा सनराइज बैंकबाट कर्जा लिन धितो राखिसकेको थियो। अझ अर्काे कुरा उक्त जग्गा जफत तथा सरकारी सार्वजनिक कायम हुनुपर्ने प्रकृतिको रहेको र त्यसलाई मनु घिमिरेसहित आठजनालाई बिक्री गरिएको पाइएको छ। ती व्यक्ति पतञ्जलीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित रहेको अख्तियारको ठहर  छ । कम्पनीको कर्जा चुक्ता नभएको अवस्थामा झूठा विवरण प्रस्तुत गरी मालपोत कार्यालय मार्फत फुकुवा गरिएको आयोगको भनाइ छ। पुनः उही जग्गा पुन धितो गराउन पनि तत्कालीन सनराइज बैंकले प्रक्रियागत त्रुटि गर्दै प्रत्यक्ष लाभार्थीहरूलाई साथ दिएको आयोगको भनाइ छ।

२२ जेष्ठ २०८२, बिहीबार १५:०१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा