हेमजा ( पोखरा), हेमजा यूनाइटेडद्वारा आयोजना गरिएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा पोखरा महानगरको वडा न १ र १५ को बिचमा हुने भएको छ। प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरका अनुसार शनिबार दिउँसो गौरीशंकर खेलमैदानमा फाइनल खेल हुनेछ ।
यस अगाडी वडा न २५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २/२ गोल गरेर बराबरीको नतिजा निकाल्दा खेल ट्राइवेकरमा परिणत भएको थियो । जसमा वडा न १ ले वडा नं २५ लाई ५/३ को गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो ।
जितका लागि वडा न १ का जर्सी नंं ७ का ईश्वर गुरुङ, जर्सी नंं १० का मिलन गुरुङ, जर्सी न २ का अन्तिम गुरुङ, जर्सी न. १६ का असीम र जर्सी न ९ का बासु जिसीले क्रमशः १/१ गोल गरेका थिए । वडा न १ का जर्सी नं ९ का बासु जिसी उक्त खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।
सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं १५ ले वडा न ५ लाई ४/१ को गोल अन्तरले पछि पार्दै वडा न १५ले फाइनलको यात्रा तय गरेको थियो। जितका लागि वडा १५ का जर्सी न २३ का इन्द्र थापाले २ गोल गरे साथै जर्सी न १२ का मिलन गुरुङ र जर्सी न ७७ का सोम गुरुङ, १/१ गोल गरे। उक्त खेलमा वडा न १५ का जर्सी न १२ का मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए ।
युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।
जेष्ठ १० गतेबाट युवा एकता र विकासका लागि खेलकुद” संचालन भैरहेको उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो ।