Play

सिरुबारी पुगेपछि कांग्रेस महामन्त्री थापाले भने – सिरुबारी एकपटक घुम्ने पर्ने ठाउँ हो

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा स्याङ्जामा रहेको दक्षिण एसियाकै पहिलो नमुना गाउँ सिरुवारीको भ्रमण गरेका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका थापा शनिवार साँझ बास बस्न स्याङ्जाको आधिखोला गाउँपालिकामा रहेको दक्षिण एसियाकै पहिलो नमुना होमस्टे सिरुवारी पुगेका हुन्।

सिरुवारीमा महामन्त्री थापालाई भब्य स्वागत गर्नुका साथै स्थानीय संस्कृती देखाईएको होमस्टेकी अगुवा उर्मिला गुरुङले बताइन्। प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले सिरुवारीकै कारण विदेशबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्वि गराउन सहयोग पुर्याएको बताए।

थापाले सिरुवारीमा पाहुनालाई गरिने स्वागत, सांस्कृतीक कार्यक्रम र अर्गानीक परिकारले पर्यटकलाई लोभ्याउने गरेको भन्दै सिरुवारी नआएकाहरुलाई एकपटक सिरुवारी आउन आग्रह समेत गरे। आफू २०६७ सालमा पहिलोपटक सिरुवारी आउँदा भन्दा सिरुवारीको भौतिक संरचना निर्माण भएको, सडकको व्यवस्था राम्रो भएको भन्दै यो कार्यमा योगदान पुर्याउने स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाको प्रशंसा समेत गरे।

थापासँगै नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा लगायतका नेताहरु सिरुवारी पुगेका थिए। थापाले त्यसअघि स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन तथा पुजाआजा समेत गरेका थिए। स्यांग्जाको कार्यक्रम सकेर कांग्रेस महामन्त्री थापा कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको सम्मेलन उद्घाटन गर्न आइतबार नै पोखरा आएका छन।

४ जेष्ठ २०८२, आईतवार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा